मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो टी–२०ः यूएई न्युजिल्यान्डसंग १९ रनले पराजित

पहिलो टी–२०ः यूएई न्युजिल्यान्डसंग १९ रनले पराजित

अपि टाइम्स

काठमाण्डौ । घरेलु टोली यूएई पहिलो टी–२० मा न्युजिल्यान्डसँग १९ रनले पराजित भएको छ । योसँगै तीन खेलको शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अलआउट भयो ।

यूएईका अर्यांश शर्माले सर्वाधिक ६० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । न्युजिल्यान्डका टिम साउथीले ५ विकेट लिए । मिचेल सान्टनार र जेम्स निसमले समान दुई विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

न्युजिल्यान्डका टिम सिफर्टले सर्वाधिक ५५ रन बनाए । यूएईका जुनैद सिद्दिक र बासिल हामिदले समान दुई विकेट लिए । दुई देशबीचको दोस्रो टी–२० खेल भोलि र तेस्रो खेल पर्सि आइतवार हुनेछ । तीन खेलको शृङ्खलाका लागि न्युजिल्यान्ड यूएई भ्रमणमा छ ।

न्युजिल्यान्डले शृङ्खला खेल्न यूएई भ्रमण गरेको यो पहिलो पटक हो । तर उसका धेरै खेलाडी द हन्ड्रेड लिग खेल्न बेलायतमा रहेकाले धेरै नयाँ खेलाडी मात्रै टिममा समावेश रहेका छन् ।