मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार अप्ठ्यारोमा परे पनि भ्रष्टाचारविरूद्धको अभियान रोकिन्नः गृहमन्त्री

सरकार अप्ठ्यारोमा परे पनि भ्रष्टाचारविरूद्धको अभियान रोकिन्नः गृहमन्त्री

अपि टाइम्स

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनैपनि हालतमा नरोकिने प्रष्ट पारेका छन्।

शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेका भएपनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने बताएका हुन्।

सरकार अप्ठ्यारोमा पर्छ भनेपनि सुशासनको अभियान रोक्ने पक्षमा वर्तमान सरकार नरहेको उनले बताए।