मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रख्यात बाबा भन्छन् ‘यी ८ कारण हुने घर र व्यक्तिमा लक्ष्मी भित्रन र टिक्न सक्दैन’

प्रख्यात बाबा भन्छन् ‘यी ८ कारण हुने घर र व्यक्तिमा लक्ष्मी भित्रन र टिक्न सक्दैन’

अपि टाइम्स

काठमाडौँ । अहिले नेपाल र भारतमा निकै चर्चित धर्म गुरुको रुपमा चिनिएका छन् २७ बर्षिय धीरेन्द्र शाष्त्री । उनी अहिले नेपाल आएका छन् । पूर्वी नवलपरासीको शाश्वत धाममा हुने कथा वाचनको लागि शाष्त्री आएका हुन् । उनले ३ दिन हनुमान कथा वाचन गर्नेछन् । उनी बालाजी बाबा नामले प्रख्यात छन् । हिन्दूबादी अभियान चलाउँदै हिँडेका तिनै बाबाले भारतमा भएको एक प्रवचनमा मान्छेको घरमा लक्ष्मी भित्रन नसक्नेबारे ८ कारण भनेका छन् । ती हुन् ।

१ः माता, पिता,गुरु, सन्त र अतिथिको अपमान गर्ने मान्छे र घरमा कहिल्यै लक्ष्मी भित्रँदैन
२ः अत्यन्तै क्रोधी ब्यक्तिले लक्ष्मी आर्जन गर्न सक्दैन
३ः जुठो भाँडाकुँडा साँचेर राख्ने र राति जुठा वर्तन नमाझी राख्ने घरमा पनि लक्ष्मीको बास हुँदैन
४ः आफ्नो घरको उत्तर दिशामा फोहर राख्ने घरमा पनि लक्ष्मीको बसा हुँदैन
५ः सूर्यअस्ताउने बेलामा झाडु लगाउने घरमा पनि लक्ष्मीको वास् हुँदैन
६ः टेवलमा लक्ष्मीको पुजा गर्नेले पनि लक्ष्मी भित्राउन सक्दैन । टेवलमा नारायणको जुजा गर्नुपर्दछ
७ः घरमा दुईतिनदिनका पिठोबाट रोटी बनाएर खानेले पनि लक्ष्मी भित्राउन सक्दैन । त्यो रोटी गाईलाई खुवाउनुपर्छ
८ः साँझको समयमा नुन दान गर्ने अथवा माग्न आउनेलाई नुनको दान गर्नेले पनि लक्ष्मी भित्राउन सक्दैन