मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनमतले कारबाही गर्ने लिस्टमा परे यी चार जना प्रदेश सांसद

जनमतले कारबाही गर्ने लिस्टमा परे यी चार जना प्रदेश सांसद

अपि टाइम्स

काठमाडौं । जनमत पार्टीले आन्तरिक मूल्यांकन प्रणालीमा असफल भएको भन्दै चार जना प्रदेशसभा सदस्यलाई कार्बाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रहेकाहरुको आन्तरिक मतदान भएको थियो । मतदानमा ५० प्रतिशत भन्दा कम मत ल्याउने प्रदेशसभा सदस्यलाई आवश्यक छानबीन गरी फिर्ता गराउने प्रक्रिया जनमतले अगाडि बढाउने भएको हो ।

‘हाम्रो पार्टीको विधानमा राइट टू रिकलको व्यवस्था गरिएको छ । त्यसैअनुसार, आन्तरिक मतदान गरिएको हो’ केन्द्रीय सचिव बीपी साह भन्छन् । उनका अनुसार, पार्टी महासचिव चन्दनकुमार सिंह समेत आन्तरिक मूल्याकंनमा असफल भएका छन् ।

सिंहको पक्षमा १४ र विपक्षमा २८ मत परेको छ । यस्तै अनिता साह, भाग्यश्री कुमारी चौधरी र त्रिभुवन साहले समेत आवश्यक मत ल्याउन सकेनन् ।

अनिताको पक्षमा १४ र विपक्षमा २३, भाग्यश्रीको पक्षमा २१ र विपक्षमा ७९ मत पाए । सिराहा–४ ९क० बाट निर्वाचित प्रदेशसभा सदस्य त्रिभुवन साहको पक्षमा २० र विपक्षमा ७९ मत आएको थियो । यी प्रदेशसभा सदस्यहरुले ५० प्रतिशत भन्दा कम मत ल्याएकाले कार्बाहीमा पर्ने सचिव साह बताउँछन् ।

मधेश प्रदेशकी प्रदेशसभा सदस्य हसिना खातुनले भने ५० मत ल्याए । उनको पक्षमा ८ र विपक्षमा ८ मत खसेको छ । त्यसैले उनीमाथि भने छानबीन मात्रै हुनेछ ।

पार्टीको विधान बमोजिम जनमतले सम्बन्धित क्षेत्रका पार्टी वडाध्यक्ष, स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवार, पालिकाका पार्टी पदाधिकारी, स्थानीय चुनावमा पालिकाका उम्मेदवारी, जिल्ला समन्वय समितिका सदस्यहरु, पार्टीका केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्यहरुले मतदान गरेका थिए ।

जनमत पार्टीसँग मधेश प्रदेशमा १३ र लुम्बिनीमा ३ जना प्रदेशसभा सदस्य छन् । यसअघि जनमतले स्थानीय तहका जनप्रतिनिधिहरुको पनि आन्तरिक मतदान गरेको थियो ।