मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालसँग खेल्ने भारतको टोलीको घोषणा

नेपालसँग खेल्ने भारतको टोलीको घोषणा

अपि टाइम्स

काठमाडौं । नेपालसँगै एकै समूहमा रहेको भारतले एसिया कपका लागि टोलीको घोषणा गरेको छ ।

बीसीसीआईले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । भारतको टोलीमा दुई प्रमुख ब्याटर केएल राहुल र श्रेयर अय्यर टोलीमा फर्किएका छन् ।

भारतीय एकदिवसीय टोलीमा जसप्रित बुमराह, केएल राहुल र श्रेयस अय्यरले पूनरागमन गरेका हुन् ।

तिलक बर्माले पहिलो पटक एकदिवसीय टोलीमा मौका पाएका हुन् । भारतले पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ । भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।

विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ ।

श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।

सुपर फोरमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यस संस्करणको एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ ।

भारतीय टोली

रोहित शर्मा(कप्तान) विराट कोहली, ईशान किशन, शुभमन गिल ,केएल राहुल, श्रेयर अय्यर, तिलक बर्मा, सुर्य कुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान),रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, प्रसिद्ध कृष्णा,मोहम्मद सिराज