मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका वन, काठको आम्दानीबाट बन्यो पदाधिकारीको जीवन

कपिलवस्तुका वन, काठको आम्दानीबाट बन्यो पदाधिकारीको जीवन

अपि टाइम्स

काठमाण्डौँ । वैज्ञानिक वन व्यवस्थापनका निम्ति मुलुकभर चर्चा कमाएको कपिलवस्तुका साझेदारी वनहरु आर्थिक अनियमितताका कारण बदनाम हुँदै गइरहेका छन् । आर्थिक कारोबारको पूर्ण अधिकार दिएसँगै समितिका पदाधिकारीहरुको आर्थिक अपारदर्शिता छताछुल्ल हुन थालेको छ । यसको प्रत्यक्ष असर यहाँका ठूला भनिने तिलौराकोट साझेदारी वन र मायादेवी साझेदारी वनमा परेको छ ।

वन विभागले जारी गरेको ‘साझेदारी वन व्यवस्थापन निर्देशिका, २०६८’ अनुसार डिभिजन वन कार्यालय प्रमुख,लेखा अधिकृत तथा साझेदारी वन व्यवस्थापन समूहका अध्यक्षको संयुक्त हस्ताक्षरमा आर्थिक कारोबार हुँदै आएको थियो । ‘संघीय वन नियमावली,२०७९’ मा यसलाई परिमार्जन गरी समूह स्वयंले सम्पूर्ण आर्थिक कारोबार गर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि साझेदारीका पदाधिकारीले व्यापक आर्थिक अनियमितता गर्न थालेका छन् । समूहका अध्यक्ष दिनेश जैसवालले आफूखुशी काम गरिरहेका छन् भने सार्वजनिक खरिद ऐन तथा कार्ययोजना विपरितका गतिविधिहरुले सीमा नाघेको छ ।

खरिद ऐनविपरीत अन्धाधुन्द खर्च

समूहले आर्थिक कारोबारको जिम्मा पाएसंगै सार्वजनिक खरिद ऐन लत्याउँदै जथाभावी आर्थिक कार्य गर्न थालिएको छ । आ।व। ०७९र८० को कार्ययोजनाअनुसार गर्नुपर्ने थिनिङ्गसमेत समूहका सदस्य आफैंले गरेका हुन् । जुन वनको दिगो व्यवस्थापनअनुसार नभएको वन प्राविधिकहरुको भनाइ छ । सार्वजनिक खरिद ऐनअनुसार पाँच लाख रुपैयाँभन्दा बढीको काम गर्दा वा सेवा,वस्तु खरिद गर्दा टेन्डर प्रक्रियामा जानुपर्ने हुन्छ ।

तर,समूहले कुनै टेन्डरबिना २० लाख रुपैयाँ बराबरको काम गरेको छ । जसको नेतृत्व अध्यक्ष जैसवाल आफैंले गरेको स्रोत बताउँछ । तोकेबमोजिम थिनिङ्गसमेत नभएको स्रोतको दाबी छ । टालटुल काम गरी १३ लाख रुपैयाँ अध्यक्ष जैसवाल,कोषाध्यक्ष राकेश यादव र समिति सदस्यहरु धनिराम कुर्मी र उदयराज थारुले अपचलन गरेका हुन् ।

ूकाठ–दाउरा बिक्रीबाट सङ्कलन भएको रकमबाट उनले आफ्नो लागि लु ८७प ७२१० नम्बरको नयाँ मोटरसाइकल किनेका छन् । त्यस्तै, उपाध्यक्ष कुर्मीका लागि स्कुटर किनिदिएका छन् ।

त्यसैगरी, समूहले दुई वटा नयाँ सवारी साधन खरिद गरेको छ । सवारी खरिद गर्दा सार्वजनिक सूचना जारी गर्नुपर्ने, स्फेशिफिकेशन लिनुपर्ने र बढाबढमा किन्नुपर्ने प्रावधान छ । यद्यपि, सिधै पेश्की दिएर मोटरसाइकल किनिएको हो । समूहका अध्यक्ष जैसवालको निर्देशनमा गत आ।व।को असार ३१ गते उपाध्यक्ष चाँदनी कुर्मी,कोषाध्यक्ष यादव तथा अन्य तीन जनाको नाममा लाखौं रकम पेश्की बाँडिएको खुलेको छ । उक्त रकमबाट कुनै काम भएको छैन ।

सवारी साधनको दुरुपयोग

समूहका अध्यक्ष जैसवालले समूहको सवारी साधन दुरुपयोग गर्दै आएका छन् । काठ–दाउरा बिक्रीबाट सङ्कलन भएको रकमबाट उनले आफ्नो लागि लु ८७प ७२१० नम्बरको नयाँ मोटरसाइकल किनेका छन् । त्यस्तै, उपाध्यक्ष कुर्मीका लागि स्कुटर किनिदिएका छन् । दुवैले ती सवारी साधन निजीसरह प्रयोग गर्दै आएका छन् ।

अघिल्लो समितिले खरिद गरेको पाँच वटा मोटरसाइकलसमेत उनले आफूखुशी समूहका सदस्यहरुलाई बाँडेका थिए । समूहका सदस्य धनिराम कुर्मीलाई पल्सर,उदयराज थारुलाई यामहाको मोटरसाइकल दिएको स्रोत बताउँछ । उनीहरुले घरायसी प्रयोजनमा ती साधन प्रयोग गर्दै आएको समूहकै एक सदस्यले बताए ।

‘पिकअप भ्यान र अरु तीन वटा मोटरसाइकल पनि अध्यक्षले भनेबमोजिम दिनुपर्छ, गस्ती, अनुगमनभन्दा निजी काममा समूहका सवारी चल्छन्, त्यसमा इन्धन पनि समूहकै रकमबाट हालिन्छ’, उनले भने ।

समूहकै सदस्यलाई लेखापाल

अध्यक्ष जैसवालले प्रक्रिया मिचेर समूहकै सदस्यलाई लेखापालमा नियुक्त गरी काममा खटाएका छन् । यसअघिका लेखापाल विकास श्रेष्ठ बिदामा गएपछि जैसवालले समूहकै सदस्य शिवराज कुर्मीलाई लेखाको जिम्मा दिएका हुन् । सब डिभिजन वन कार्यालय, पिपराका अनुसार साझेदारी वन समूहमा लेखापाल वा अन्य जुनसुकै कर्मचारी खुला प्रतिस्पर्धामार्फत भर्ती गर्नुपर्छ ।

तर, सदस्यलाई नै लेखापाल बनाएपछि समूहको समग्र लेखाप्रणाली प्रभावित भएको छ । आर्थिक अनियमिततामा सहजता बनाउनका लागि उनलाई ल्याइएको अनुमान लगाइएको छ । जैसवालले ठाडो आदेशमा समूहकै सदस्यलाई लेखापाल राखेपछि यतिबेला चर्को आलोचना भइरहेको छ ।

कार्यसमितिले उनको नियुक्ति अनुमोदन गरेको छैन । यता, समूहका कोषाध्यक्ष यादवले आर्थिक पारदर्शिता नभएको स्वीकारेका छन् । ‘अध्यक्षले जर्बजस्ती गर्छन्,मूल समूहमा भन्दा कार्यान्वयन इकाईमार्फत काम गर्छन्,कहाँ के भइरहेको छ थाहा हुँदैन, समस्या छ’, उनले भने ।

नियामक निकाय गैरजिम्मेवार

मायादेवी साझेदारी वन तथा तिलौराकोट साझेदारी वनसहित ६० भन्दा बढी सामुदायिक वनलाई नियमन गर्ने डिभिजन वन कार्यालय, कपिलवस्तु नै यस विषयमा गैरजिम्मेवार देखिएको छ । समूहले खुलेआम आर्थिक अनियमितता गर्दासमेत वन कार्यालयले साझेदारीलाई सामान्य सोधपुछसमेत गरेको छैन । राष्ट्रिय वनलाई साझेदारी बनाएर संरक्षण गर्न र त्यसबाट सबै घरधुरीलाई वनमा पहुँच पुर्याउँदै राजस्व सङ्कलन गर्ने उद्धेश्यसहित खडा गरिएको समूहले मनलाग्दी गर्दा पनि वन कार्यालयले अनुगमनमा चासो देखाएको छैन ।

सहायक वन अधिकृत खिल तामाङ्गले समूहको आर्थिक कागजात कार्यालयमा नआउने भएकाले यसबारे जानकारी नभएको बताए । ‘यसबारे डिभिजनमा कुनै गुनासो उजुरी परेको छैन, मिडियाहरुमा केही आएको देखियो, यसबारे के रैछ बुझ्छौं” उनले भने । जिल्लामा रहेका दुई वटा डिभिजन वन कार्यालयअन्तर्गतका पाँच वटै साझेदारी वन समूहले ऐनले दिएको आर्थिक कारोबारको अधिकार दुरुपयोग गर्दै आएका छन् ।