मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

अपि टाइम्स

काठमाडौँ– संसदको गतिरोध अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ ।
बैठक बिहान ८ बजे राष्ट्रपति भवन शीतल निवासमा बोलाइएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।

सो विषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी जारी संसद अवरोधको विषयमा गम्भिर चासो व्यक्त गरेका थिए ।

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो भएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएसँगै संसदको गतिरोध हट्ने सम्भावना देखिएको छ ।