मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टी-ट्वान्टीः नेपालको विजयी सुरुआत

महिला टी-ट्वान्टीः नेपालको विजयी सुरुआत

अपि टाइम्स

काठमाडौं । सीता रानामगरको सानदार बलिङ प्रदर्शनको सहयोगमा नेपालले चार देश सम्मिलित महिला टी(ट्वान्टी आई सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ ।

नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै मलेसिया भ्रमणमा विजयी सुरुआत गरेको हो ।

आइसीसी महिला टी(ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्नेछन् ।

नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ ।

पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि सोही दिन खेल्नेछन् । नेपाल २८ अगष्टमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।

नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।

शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी(ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।

नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।