मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

र सन्दीप नजाने भए पाकिस्तान

र सन्दीप नजाने भए पाकिस्तान

अपि टाइम्स

काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसिया कप खेल्न आज नजाने भएका छन् ।

नेपाली क्रिकेट टोली एसिया कप खेल्न आज राती पाकिस्तान जादैछ । तर, सन्दीप नेपाली क्रिकेट टोलीसँग पाकिस्तान नजाने भएका छन् ।

नेपाल क्रिकेट टोलीका व्यवस्थापक प्रदिप मजगैयाले सन्दीप आज नजाने पुष्टि गरेका छन् ।

ुसन्दीप आज नेपाली टोलीसँग जादैनन् । उनी बिरामी छन् ’, प्रदिपले भने ुसन्दीप ज्वरो आएका कारण फिट छैनन् ।ु

राष्ट्रिपति रामचन्द्र पौडेलले दिउँसो दुई बजे शीतलनिवासमा बोलाउँदै एक कार्यक्रमकाबीच बिदाई गर्नुको साथै शुभकामना दिएका छन् । सन्दीप राष्ट्रपतिको बिदाई कार्यक्रमका पनि गएका थिएनन् ।

एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । समूह ए मा नेपाल, पाकिस्तान र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले १३ भदौ मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ मा भारतसँग श्रीलंकाको क्यान्डिमा खेल्नेछ ।

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल