मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नरेश खाती र भाइरल गायिका सिम्रनको स्वरमा आयो ‘परान पियार’

नरेश खाती र भाइरल गायिका सिम्रनको स्वरमा आयो ‘परान पियार’

अपि टाइम्स

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक नरेश खाती र भाइरल गायिका सिम्रन परियारको स्वरमा स्वरांकन भएको ‘परान पियार’ सार्वजनिक भएको छ । प्रेममा आधारित विषयमा तयार पारिएको गीत सोमबार सार्वजनिक गरिएको हो ।

क्रान्ति केसीको निर्देशन रहेको म्युजिक भिडिओमा चर्चित मोडल उषा उप्रेती र नरेश खातीकै अभिनय छ । बिभिन्न चर्चित एल्बम सार्वजनिक गरिसकेका गायक तथा मोडल खातीले सिम्रनको स्वर राम्रो रहेकाले आफ्नो म्युजिक भिडिओमा समावेश गरेको बताए ।

नयाँ प्रतिभालाई प्रोत्साहन गर्नको लागि पनि परान पियारमा सिम्रनलाई समावेश गरेको खातीको भनाई छ । म्युजिक भिडिओ अरुभन्दा राम्रो र सन्देशमुल रहेकाले हेर्न खातीले दर्शकलाई आग्रह गरे । उनले आफ्नै युटुभ च्यानल नरेश खातीमार्फत म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।