मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानसँग अफगानिस्तान ५९ रनमा प्याकअप

पाकिस्तानसँग अफगानिस्तान ५९ रनमा प्याकअप

अपि टाइम्स

काठमाण्डौ । पाकिस्तानले पहिलो एकदिवसीयमा अफगानिस्तानलाई १ सय ४२ रनले हराएको छ ।

जितका लागि २ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ ओभर २ बलमा ५९ रनमा अलआउट भयो ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई १६ र रहमानउल्लाह गुरबाजले १८ रन बनाए ।

उसका अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका हरिस रौफले ५ विकेट लिए । शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाहले एक विकेट लिए ।

त्यसअघि श्रीलंकाको महिन्दा राजपक्ष मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४७ ओभर १ बलमा २ सय १ रनमा अलआउट भएको थियो ।

पाकिस्तानका इमाम उल हकले सर्वाधिक ६१ रन बनाए ।

अफगानिस्तानका मुजिबउर रहमानले ३ विकेट लिए । मोहम्मद नाबी र राशिद खानले समान २ विकेट लिए ।

जितसँगै तीन एकदिवसीय खेलमा पाकिस्तानले १–० को अग्रता बनाएको छ ।

दोस्रो खेल भोलि बिहीवार र तेस्रो खेल शनिवार हुनेछ ।