मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा तीर्थयात्री सवार बस दुर्घटनाः सातको मृत्यु, १८ घाइते

बारामा तीर्थयात्री सवार बस दुर्घटनाः सातको मृत्यु, १८ घाइते

अपि टाइम्स

काठमाण्डौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् ।

भारतीय तीर्थयात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुर जाँदै थियो । मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार जना महिला र तीन जना पुरुष गरी ६ जना भारतीय नागरिक र एकजना नेपालीको ज्यान गएको बाराका प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

घाइते १८ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।