मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ क्याम्पसमा स्ववियु सभापति र सचिवको जुँगे लडाई छताछुल्ल

सिद्धार्थ क्याम्पसमा स्ववियु सभापति र सचिवको जुँगे लडाई छताछुल्ल

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को विवाद सतहमा आएको छ ।

गत फागुनमा भएको चुनावअघि त्यहाँ एमालेनिकट विद्यार्थी संगठन (अनेरास्ववियु) को बर्चस्व थियो । तर त्यस चुनावपछि नेपाल विद्यार्थी संघका नील कमल थारु उदय भए । थारुको उदयसंगै अनेरास्ववियुबाटै लोकप्रिय मतसहित स्ववियु सचिवमा विजयी भएका पशुपति गिरीबीच शक्ति संघर्ष र जुँगे लडाई सुरु भएको थियो ।

बिभिन्न विषयमा आन्तरिक मतभेदमा देखिएका उनीहरु अहिले छुट्टाछुट्टै विज्ञप्तीमार्फत् पोखिएका छन् । स्ववियु सभापति रहेका थारुले एक विज्ञप्ति निकाल्दै क्याम्पसका छाताभित्र हुने हरेक गतिविधिको स्ववियुलाई जानकारी हुनुपर्ने र अन्यथा जानकारी नभए यसको जिम्मेवार स्वंय विद्यार्थी संघसंगठनलाई हुने चेतावनी जारी गरे।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘कुनै पनि विद्यार्थीसँग सम्बन्धित माग, समस्या वा अन्य कार्यक्रम गर्दा विद्यार्थीको साझा संस्था स्ववियुलाई जानकारी गराएर मात्र गर्नुहोला । यदि जानकारी नराएको खण्डमा स्ववियु जिम्मेवार हुने छैनौँ । शैक्षिक वातावरणमा दख्खल पुग्ने काम भए स्ववियु बाध्य भएर उचित कदम चाल्ने छ ।’

सभापतिको विज्ञप्ति लगत्तै सचिव गिरीले पनि अर्को विज्ञप्ति निकालिहाले । सभापति थारुको त्यो निर्णय आफूखुसी रहेको भन्दै स्ववियु सचिव पशुपती गिरीले प्रतिकार गरेका छन् । उनको भनाई छ, ‘कि सभापति थारुको त्यो विज्ञप्ति व्यक्तिगत छ । स्ववियुमा व्यक्तिगत निर्णय गर्न पाइँदैन । सभापति सहमतिको आधारमा चल्नुपर्छ । गिरीले सभापतिले निकालेको सूचनाप्रति घोर भत्सर्ना समेत गरेका छन् ।

यता सभापति थारुले गिरीको विज्ञप्ती स्ववियुको मर्म विपरित रहेको बताउँछन् । उनले गिरीलाई तुरुन्त सच्चन अपिटाइम्समार्फत् आग्रह गरेका छन् ।

विद्यार्थीहरुले भने स्ववियुमा जुँगे लडाईको नाममा राजनीति नगर्न चेतावनी दिएका छन् । विद्यार्थीको हकहितमा काम गर्न छोडी जुँगे लडाईमा लागे दुवै जनाको प्रतिकारमा उत्रने विद्यार्थीहरु बताउँछन् ।

क्याम्पस स्तरमा हुने संगठनका गितिविधिलाई स्ववियुले रोक लगाउने गरी विज्ञप्ति निकाल्नु बालहठ भएको अरु संगठनका नेताहरुको प्रतिक्रिया छ । सामुदायिक क्याम्पसमा हुने हरेक गतिविधिमा विद्यार्थी संगठन र स्ववियु दुबैको अधिकार हुने विद्यार्थी संगठनहरुको भनाई छ। सभापति थारुले यो बालहठ नभई विद्यार्थीको हक र हितको लागि काम भएको बताए ।