मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिँचाईको कुलोले बगाउँदा बाणगंगामा एक महिलाको मृत्यु

सिँचाईको कुलोले बगाउँदा बाणगंगामा एक महिलाको मृत्यु

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल स्थित बाणगंगा नदिबाट सिँचाईका लागि बनाइएको स्थानीय कुलोमा बिहिबार माछा मार्ने क्रममा डुबेर ५० वर्षीय गुड्ढी थारुको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय पिपराका अनुसार मृतक बिहानको समयमा कुलोमा माछा मार्नै क्रममा महिलालाई बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको बताइएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक थारुका श्रीमान, २ छोरी र एक छोरा छन् ।