मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर अर्याललाई रास्वपा वाणगंगाको प्रश्नः सेवा सुविधा नथपि कर मात्र बढाउन पाइन्छ ?

मेयर अर्याललाई रास्वपा वाणगंगाको प्रश्नः सेवा सुविधा नथपि कर मात्र बढाउन पाइन्छ ?

अपि टाइम्स

कपिलवस्तु। बाणगंगा नगरपालिकाले एकिकृत सम्पती कर दोब्बर बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ध्यानाकर्षण गराएको छ । शुक्रबार नगर प्रमुख चक्र अर्यालको कार्यकक्षमा पुगि एकिकृत सम्पत्ति करको वृद्धि लगायतका विषयमा प्रेस विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराएको हो ।

रास्वपाको टोलीसंगै नगर प्रमुखको कार्यकक्षमा पुगेका पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्बासेले ज्ञापन पत्र ग्रहण गरेका थिए । नगरका समस्याका विषयमा यसअघि पनि पटकपटक ज्ञापन पत्र बुझाए पनि नगरले सुनुवाई नगरेको भन्दै यसपटक पत्रकारलाई साक्षी राखेर प्रेस विज्ञप्ति जारी गर्नु परेको रास्वपा नगर सभापति बुद्धि सागर बेलबासेले अपि टाइम्सलाई जानकारी दिए ।

बेलबासेले नगरबासीलाई सेवा सुविधा नथप्ने तर करको दायरामात्र वृद्धि गर्ने नगरको परिपाटीले सबै नगरबासी दुखी भएको उनले सुनाए । साथै लप्की स्किन र छाडा पशु चौपायबाट पीडित र प्रभावित किसानलाई नगरले राहतको ब्यवस्था गर्नु पर्ने लगायतका विषय पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ ‘नगरवासी किसान ,उद्योगी,व्यापारी,तथा अन्य नगरवासीको दैनिक जिवन यापनमा सुधार हुने के कस्ता कार्यक्रम ल्याउनुभयो ?विना सेवा सुविधा कर वृद्धि गर्न कुन नैतिकताले दिन्छ ? राज्यको ढुकुटिबाट तलव सुविधा खाने वर्गको हित हुने गरी ल्याईने ऐन, कानुनहरु, धनि वर्गको पक्ष पोषण गर्ने , चर्को शुल्क तिरेर पढ्नेको पढाई मात्र गुणस्तरिय हुन्छ भन्ने मनोवृद्धि रहदा सम्म नगरको सहि योजना बन्न सक्दैन’ भन्दै चेतावनी स्वरुप घर जग्गा करको निर्णय खारेजीको माग गरेको छ ।

विज्ञप्तीमा छ ‘नगर भित्रको यावत समस्याको समाधानका लागी नगरले गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग र सहकार्य गर्ने भन्दै हरेक वेथिति विसंगतिका विरुद्ध सम्पुर्ण किसान उद्योगी, व्यापारी मजदुर तथा आम नगरवासी को समेत उपस्थितिमा गरिने जनदवावको जवाफदेहीता स्वयम नगरले लिनुपर्छ ।’

विज्ञप्ति सुनिसकेपछि नगर प्रमुख चक्र अर्यालले एकृकित सम्पती करमा वृद्धि नगर कार्यपालिकाको निर्णय अनुसार भएको भन्दै उद्योग वाणिज्य संघ संग यस विषयमा छलफल चलिरहेको बताए ।

मेयर अर्यालले यस विषयमा थप छलफल गरी घटाउन सक्ने पनि जानकारी दिए । महासंघका कोषाध्यक्ष बेलबासेले पनि रास्वपाको मागमा नगरको ध्यानाकर्षण हुनुपर्ने बताए । सभापति बेलबासेसंगै रास्वपाका अरु नेता कार्यकर्ता पनि नगरमा पुगेका थिए ।