मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

अपि टाइम्स

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरे । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।

पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् ।

प्रदेश संरचनालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्वपूर्ण व्यक्ति खड्का भएको र उनमा लिडरसिप क्षमता पनि भएकाले उनलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरु सहमति भएको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले बताए ।

उनीहरुबीच उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले तोकेका व्यक्तिलाई सहयोग गर्ने सहमति पनि भएको छ ।

काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पारसलाई अध्यक्षको रुपमा अघि सारेको बताउँदै बागमती प्रदेशका बाँकी जिल्ललाई पनि पारसलाई नै समर्थन गर्न आग्रह गरे । बागमती प्रदेशमा चितवन र नुवाकोटमा पनि क्रिकेट संघ छ ।