मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६० किलो सुन प्रकरणः जोडिएकाहरुको सम्पत्तिमाथि अनुसन्धान सुरू

६० किलो सुन प्रकरणः जोडिएकाहरुको सम्पत्तिमाथि अनुसन्धान सुरू

अपि टाइम्स

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

‘सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरुको भूमिका र कामकारवाहीमाथि अनुसन्धान सुरू भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुमध्ये केहीको सम्पत्ति छानबिनसमेत थालिएको छ ।’

अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिकामाथि अनुसन्धान थालेको छ । त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरुलगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ ।

अख्तियार स्रोतले भन्यो, ‘उहाँलगायत सुन प्रकरण्मा भन्सार कार्यालयको जिम्मेवारीमा रहेका, यसअघि पनि उजुरी परेका केही कर्मचारीमाथि अनुसन्धान अघि बढेको छ ।’