मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेभित्र चिरापरेपछि एक हुन पनि सकिन्छः प्रधानमन्त्री प्रचण्ड

एमालेभित्र चिरापरेपछि एक हुन पनि सकिन्छः प्रधानमन्त्री प्रचण्ड

अपि टाइम्स

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेभित्र ठुलो चिरा पर्ने संकेत देखिएको बताएका छन्। बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले हाम्रो प्रतिपक्षी दल छ, त्यहाँभित्र ठुलो चिरा पर्ने संकेत देख्छु,’ उनले भने, ‘हामी त्यसपछि सँगै हुन पनि‌ सकिन्छ ।’

साथै उनले जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्न सक्ने बताए।