मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया कपः श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले हरायो

एसिया कपः श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले हरायो

अपि टाइम्स

एजेन्सी – एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलंकाले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो । श्रीलंकाको जितमा तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शन गरे ।

एक सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि चरिथ असलंकाले ६२ रन, ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रन बनाए । त्यस्तै सदिरा समराविक्रमा ५४, दासुन शानकाले १४ रनको योगदान दिए । बगंलादेशका लागि कप्तान सकिब अल हसनले दुई, तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक एक विकेट लिए ।

त्यसअघि पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४२।४ ओभरमा १ सय ६४ रन बनाएको। थियो । उसका लागि नाज्मुल हसन शान्टोले ८९ रनको योगदान गरे । त्यस्तै ओपनर मोहम्मद नइम १६, तान्जिद हसन डक, कप्तान सकिब अल हसन ५, तोवहिद ह्दोय २०, मुश्फिकर रहिम १३ रन बनाएका थिए ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले चार तथा धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक एक विकेट लिए ।