मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शक्ति गौचनसहित श्रीलङ्का पुग्यो एचवान र नुगाको टोली

शक्ति गौचनसहित श्रीलङ्का पुग्यो एचवान र नुगाको टोली

अपि टाइम्स

काठमाडौँ । पहिलोपटक एसिया कप खेलेको नेपालले सोमबार भारतसंग पहिलो खेल खेल्दै छ । यो खेल श्रीलङ्कामा हुनेछ । राम्रो प्रदर्शन गरे तापनि पाकिस्तानसंगको पहिलो खेलमा खराब हार भोगेको नेपालले यो खेलमा आश्चर्यजनक नतिजा निकाल्छ कि भन्ने केहिको अनुमान छ ।

धेरैले यसैगरी नेपाली टोलीमाथि हौसला बढाएका छन् । यस्तै हौसला बढाउन थर्मल थेरापी दुई कम्पनीको टोली पनि श्रीलङ्का पुगेको छ । नेपाल एचवानका सिइओ सुनिल श्रेष्ठ, अध्यक्ष जनक भुसाल तथा नुगा नेपालका प्रबन्ध निर्देशक राजिव भण्डारी र मार्केटिंङ डाइरेक्टर गणेश राई विहिबार श्रीलङ्का पुगेका हुन् ।

उनीहरुले त्यहाँ पुगेर नेपालको राष्ट्रिय झण्डा र कम्पनीको झण्डा प्रदर्शन गर्ने बताइएको छ । उनीहरु नेपालका पूर्व भेट्रान क्रिकेटर शक्ति गौचनको साथमा कोलम्बो पुगेका हुन् । उउनीहरुसहित धेरै नेपाली क्रिकेट प्रेमी अहिले श्रीलङ्का पुगिरहेका छन् ।