मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हालान्ड बने यूईएफए पुरुष वर्ष खेलाडी, पछि परे मेस्सी

हालान्ड बने यूईएफए पुरुष वर्ष खेलाडी, पछि परे मेस्सी

अपि टाइम्स

काठमाण्डौ । अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि जितेका छन् ।

मोनाकोमा भएको एक समारोहकाबीच उनलाई यो उपाधि प्रदान गरिएको छ । यूईएफए पुरुष वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी, हालान्ड र केभिन डी ब्रुइन रहेका थिए । गएको सिजन सिटी पुगेका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित तीन उपाधि जिताएका थिए । उनले गएको सिजनमा क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए ।

यस्तै, महिलातर्फ बार्सिलोना र स्पेनकी आइटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । स्पेनले महिला विश्व कपको उपाधि जितेको थियो । म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते ।

उत्कृष्ट महिला प्रशिक्षक इङ्ग्ल्यान्डकी सरिना विगमन बनिन्। उनकै प्रशिक्षणमा इङ्ग्ल्यान्ड महिला विश्व कपको फाइनल पुगेको थियो ।