मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४८ एसपीको सरुवा, कपिलवस्तु प्रहरी प्रमुखमा आउने भए पौडेल

४८ एसपीको सरुवा, कपिलवस्तु प्रहरी प्रमुखमा आउने भए पौडेल

अपि टाइम्स

काठमाडौँ । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् । त्यसमा कपिलवस्तु पनि परेको छ । अब जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा एसपी नवरत्न पौडेल आउने भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव श्रोत ब्यवस्थापन शाखा दाङबाट पौडेल कपिलवस्तु सुरुवा भएका हुन् । यसअघिका प्रमुख प्रेम बहादुर बस्नेत थिए । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर सरुवा भएका छन् ।

यस्तै पूर्वी नवलपरासीमा नरहरि रेग्मी जाने भएका छन् भने जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ । भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, कास्कीमा मोहन कुमार थापा र उदयपुरमा रमेश थापालाई पठाइएको छ । दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडा र नुवाकोटमा सञ्जय सिंह थापा गएका छन् ।