मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुलभको अनसनलाई लिएर नेतृत्वमाथि आक्रमण गर्ने प्रयास भयो

शुलभको अनसनलाई लिएर नेतृत्वमाथि आक्रमण गर्ने प्रयास भयो

अपि टाइम्स

काठमाडौँ । शुलभ चापागाईं आमारण अनसन बस्दै थिए, प्रधानमन्त्रीको सातो जाने गरि केन्द्रिय अध्यक्षको नेतृत्वमा नेविसंघले बालुवाटार घेरेको थियो । सामाजिक संजालबाट प्रशस्तै दबाव बढिरहेको थियो। विद्यार्थी आन्दोलनले गति लिएको थियो, आन्दोलन कोहि एक ब्यक्तिको फाइदाको लागि थिएन, भविस्यको लागि थियो। राष्ट्रनिर्माणको जग बलियो बनाउने आन्दोलन चलिरहेको थियो। चरणवद्ध आन्दोलन चलिरहँदा विद्यार्थी आन्दोलनको प्राप्तिको इतिहासमा यो सफलता स्वणिम अक्षरले लेखिनेवाला थियो।

राजधानी बाहिरबाट आन्दोलनलाई थप मजबुत बनाउन र गलत निर्णयको विरुद्ध हरकदम दबाब दिइ रहेका थियौँ । काठमाडौमा उपकुलपति, रजिस्ट्रार सहित केन्द्रिय अध्यक्ष बसेर बढाउने भनिएको शुल्क फिर्ता लिन निर्देशन लिने सहमति सहित सम्पुर्ण आन्दोलनको कार्यक्रमलाई स्थगित गर्ने कुरा आयो। नेविसंघले दिलाएको यो जित सामान्य थिएन। यो जितले देशको उत्पादन, अर्थतन्त्र, समाज बिकासमा ठुलो भुमिका खेल्ने वाला थियो। अनसनरत साथीले अनसन तोडनु भयो।

खुसीको माहोल थियो । तर मुतको न्यानो भनेझैं जितका लागि संगै उभिएको नेवि संघलाई फेरि तितरबितर देखाउन खोजियो।
म मान्दछु शुलभ चापागाईंको केही असहमति हुन सक्छ, निर्णय कार्यावन्यनप्रती शङ्का हुन सक्छ तर यो बुझ्नु जरुरी छ कि हिजो कुरा मान्नै तयार नहुदा प्रधानमन्त्री समेतको घर घेरेको ने विसंघसंग भएको सहमति अनुसार कार्य भएन भने यसले निम्त्याउने परिस्थिती कुन हद सम्मको होला सरोकारवालालाई यस्को हेक्का रहोस्। आज तिम्रो निर्णय कार्यावन्यनप्रतिको चिन्ता मात्र चिन्ता भएको छैन, नेविसंघलाई कमजोरबनाउन लाग्नेका लागी अस्त्र बनेको छ, गुटबन्दीको लडाइँमा रमाउनेको लागि बलियो मुद्दा बनेको छ तर हामी जस्ता हजारौं संगठनप्रेमीका लागि गम्भीर परिस्थिति।

को गलतको सहि छुट्टाउने ठाउँमा म उभिन्न किनकि सो समयमा संलग्न भएका ब्यक्तिहरुकै कुराहरु फरक आईरँहदा हामी सुन्नेले कतिपो सत्य भन्न सकिएला र तर यति हो जे भैरहेको छ यसले सिङ्गो संगठनलाई कमजोर बनाएको छ। आज नेतृत्वलाई विफल बनाउँदा मज्जा मान्नेहरु भोलि तपाई पनि त नेतृत्वमा आउने होला अनि आफैले फुटाएको नेविसंघ डोर्‍याउन मज्जा आउँछ तरु

सत्याग्रही शुलभप्रति मेरो उच्च सम्मान छ। तिमीले देखाएको आट र शाहाश अतुलनीय छ तर आज संगठनमा बिश्वास गर्नु साथी। आन्दोलन स्थगित भएको हो पुर्णबिराम लागेको छैन। घर मुलिलाई पक्कै पनि घरको चिन्ता हुन्छ नै यो सामान्य बुझाई हो। निर्णय पालना हुन्छ, गराउनु पर्छ, गराई छाड्ने हो। तिम्रो जितमा हाम्रो जित हुन्छ, नेविसंघको जित हुन्छ। आज एकै ठाउँमा उभिने बेला हो हाम्रो विशाल संगठन कसैलाई खेल्ने अखडा बनाउन दिनु हुँदैन।

अन्त्यमा शुलभको अनसन मुलुकभरका विद्यार्थीको हकहित र विश्वविद्यालयीय शिक्षामा गुणस्तर कायम गर्नको लागि हो भन्नेमा दुई मत छैन । तथापि उनको अनशन उद्येश्यलाई यहाँको केहि समुहले बङ्ग्याउने प्रयास गर्यो । यो नेविसंघलाई घेराबन्दीमा राख्ने योजना र खेल हो । जसजसले नेतृत्वलाई आक्रमण गरे पनि केन्द्रिय टिम एकजुट रहनेछ । आज नबुझेर लहलहैमा लागेकाहरुले सत्य बुझेपछि पछुतो मान्नुको विकल्प हुने छैन । एउटा केन्द्रिय सदस्यको नाताले यो भन्दछु हामी लड्नु हुँदैन । हामी लडेर पनि फाइदा हुँदैन । मुलुकको पहिलो दल नेपाली काँग्रेस अब एकजुट भइसकेको छ । यस्तो दलको विद्यार्थी संगठनमा आउने सामान्य विषयलाई सबै मिलेर प्रजातान्त्रिक तवरले समाधान गर्नुपर्दछ ।
जय नेपाल ।
टिआर पाण्डे, केन्द्रिय सदस्य

नेपाल विद्यार्थी संघ