मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानी तीव्र गतिका बलर चम्कँदा भारत २६६ रनमा अलआउट

पाकिस्तानी तीव्र गतिका बलर चम्कँदा भारत २६६ रनमा अलआउट

अपि टाइम्स

काठमाडौं । एसिया कप क्रिकेटको जारी खेलमा भारतले पाकिस्तानलाई जितका लागि २ सय ६७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो ।

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले ।

एक समय १४।१ ओभरमा ६६–४ को दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए ।

किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए ।

जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४र१४ रन बनाए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३र३ विकेट लिए ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ ।

प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ ।

नेपालले आफ्नो दोस्रो खेलमा आगामी सोमबार भारतसँग खेल्दैछ ।