मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तान र भारतको खेल रद्द भएपछि नेपाललाई फाइदा

पाकिस्तान र भारतको खेल रद्द भएपछि नेपाललाई फाइदा

अपि टाइम्स

काठमाडौं । पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ सुरु हुन नसकेपछि खेल रद्द भएको हो ।

श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार खेल रद्ध भएसँगै दुबै टोलीले १र१ अंक बाँडेका छन् ।

त्यसै कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो । भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले ।

एक समय १४ दशमलब १ ओभरमा ६६ रन बनाउॅंदा ४ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए । किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए ।

जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४र१४ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३र३ विकेट लिए ।

पाकिस्तान यस खेलमा अंक बाडेसँगै सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ । सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।

यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । नेपालले भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ ।