अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ बांगलामा रोपाइँ जात्रा मनाइएको छ ।
भगवान् श्रीकृष्णको सम्झनामा मनाइने रोपाइँ जात्रामा धान रोपे झैँ गरी पञ्चेबाजाको तालमा छमछमी नाच्ने गरिन्छ ।
रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ असारे गीत गाउँदै, नाच्दै रमाइलो गर्ने गर्छन् ।
द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा यो पर्व मनाउन थालिएको किंवदन्ती भए पनि यस स्थानमा गाईजात्राको अर्को दिन मनाइने स्थानीय रामजी भट्टराईले बताए ।
अघिअघि भगवान् श्रीकृष्ण र राधाको क्यारिकेचर त्यसपछि पञ्चेबाजाको तालमा असारे बाली गीत गाउँदै रोपाइँ गरेको अभिनय गर्दै नाच्ने गरिन्छ ।
अर्घाखाँचीका अन्य ठाउँमा भने कृष्ण जन्माष्टमीको अर्को दिन रोपाइँ जात्रा मनाउने गरिन्छ ।
प्रतिक्रिया