मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय जान हिँडेका शिक्षकलाई कसले बनायो ११ दिनदेखि बेपत्ता ?

विद्यालय जान हिँडेका शिक्षकलाई कसले बनायो ११ दिनदेखि बेपत्ता ?

अपि टाइम्स

काठमाण्डौ । विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता भएका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ ।

‘बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन,’ प्रहरी निरीक्षक केसीले भने।