मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन बढेर प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार हुँदै

सुन बढेर प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार हुँदै

अपि टाइम्स

सुनको भाउ लगातार दोश्रो दिन बढेको छ । भदौ १८ गते, सोमबार सुन तोलामा ४०० रुपैयाँले महंगिएको छ । चाँदीको भाउ पनि आज वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ पुगेको छ ।

आइतबार पनि सुनको भाउ बढोत्तरी भएको थियो । हिजो सुन तोलामा १०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सोमबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४६५ रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको १० रुपैयाँले सस्तिदा एक हजार ४६० रुपैयाँमा झरेको थियो ।