मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतविरुद्ध हरेक छक्का वा विकेट लिने नेपाली टिमलाई १ लाख पुरस्कार दिने अर्ना बियरको घोषणा

भारतविरुद्ध हरेक छक्का वा विकेट लिने नेपाली टिमलाई १ लाख पुरस्कार दिने अर्ना बियरको घोषणा

अपि टाइम्स

काठमाडौं : भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई १ लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने नेपाल र भारतबीचको खेलमा हरेक छक्काको १ लाख दिने घोषणा गरेको हो । 

अर्ना बियरले सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेट बापत नेपाली टिमलाई १–१ लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ ।