मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल भारत क्रिकेटः नेपालको बलिङ, वर्षाका कारण रोकियो खेल

नेपाल भारत क्रिकेटः नेपालको बलिङ, वर्षाका कारण रोकियो खेल

अपि टाइम्स

काठमाडौँ । एसिया कपमा नेपाल र भारतबिचको खेल जारी रहँदा पानी परेपछि खेल फेरि रोकिएको छ।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २।१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो।

२।१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ।

ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्।

मौसम बिग्रिएपछि आजको खेल प्रभावित भइरहेको छ। यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो।