मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाखौं फलोअर्स भएको ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएकै हो ?

लाखौं फलोअर्स भएको ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएकै हो ?

अपि टाइम्स

काठमाडौँ । लाखौं फलोअर्स भएको ‘रुटिन अफ नेपाल बन्द’ पेज अकस्मात बन्द भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टाटसका कारण विवादमा परेको उक्त पेज सोमबारदेखि सामाजिक सञ्जालमा नदेखिने भएको हो।

सोमबार दिउँसो उक्त पेजका सञ्चालक भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। लगत्तै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट पेज हराएको छ।

उनले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘अब अट्याक्ट गर्नु पर्दैन। स्वार्थले खोलेको थिएन त्यै भएर बाल छैन, बाँकी कुरा पछि गरौंला।’

काठमाडौंका मेयर शाहले सिंहदरबारमा आगो लगाउने धम्किपूर्ण स्टाटस लेखेसँगै उक्त पेज पनि विवादमा परेको थियो।

मेयर शाहको आलोचना हुन थालेपछि इस्यू डाइभर्ट गर्न उनलाई ‘पुत्रीलाभ’ भएको जानकारी उक्त पेजमार्फत गराइएको थियो।

तर, उक्त समाचारमा कुनैपनि मिति उल्लेख नगरिएको र पछि एडिट गरिएको भन्दै तिव्र आलोचना भएको थियो।

पछि स्टाटस सच्याएर केही दिनअघि भनेर थपिएको थियो। सोही विवाद बढ्दै जाँदा रुटिन अफ नेपाल बन्दको पेज पनि बन्द भएको छ।