मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋषि पञ्चमी एक चर्चा

ऋषि पञ्चमी एक चर्चा

अपि टाइम्स

भाद्र शुक्ल पञ्चमी तिथीलाई ऋषि पञ्चमी भनिन्छ । यस दिन विशेष गरी सप्तऋषि सहित अरुन्धतीको पूजा आराधना गरिन्छ । ऋषि पञ्चमी मध्यान्हव्यापि ग्राह्य हुन्छ । अर्थात् तिथी मध्यान्हमा हुनु पर्दछ । विशेष गरी स्त्रीहरुको मासिक धर्मको बेलामा गरिएका स्पर्हास्पर्श दोष जनित पाप निबृतिका लागि यो ब्रत गरिन्छ । प्रातःकाल नदीमा गई दशविधि स्नान ३६५ वटा अपामार्गको दन्तधावन गरी अमलाको माटो, तीलको खली इत्यादि द्धारा स्नान गरी मध्यान्ह कालमा सप्तऋषि सहित अरुन्धतीको पूजा गर्ने परिक्रमा गर्न पूणपात्रो दक्षिण आदि गरी पूजा पूर्ण गरिन्छ ।
दत्तिवन प्रार्थना मन्त्र
आयुर्वलं यशोवर्च प्रजापशुवसुनी च ।
ब्रह्मप्रज्ञां च मेधा च त्वन्नोदेवि वनस्पते ।।
दतिवन गर्ने मन्त्र
मुखदौर्गन्धिनाशाय दन्तानां च विशुद्धये ।
ष्ठीवनाय च गात्राणं कुर्वेऽहं दन्तधावनम् ।।
सप्तऋषि प्रार्थना मन्त्र
कश्यपोऽत्रिर्भरद्धाजो विश्वामित्रोऽथ गौतम ।
जमदग्निर्वसिष्ठश्च साध्वी चैवाप्यरुन्धती ।।

महिलाहरु रजस्वला हुनुको रहस्य
एक समयको कुरा हो जब देवराज इन्द्रले आफ्नो गुरु वृहस्पतिलाई आफ्नै सभामा अपमान गर्छन् तब गुरु बृहस्पति इन्द्रसंग रुष्ट भई अन्तरध्यान हुन्छन् । यता इन्द्रसंग आफ्नो गुरु रुष्ट भई इन्द्रको साथ छोडेको कुरा दैत्यहरुलाई थाहा हुन्छ तब स्वर्गभाथी आक्रमण गरी स्वर्गको राजसभामा दैत्यहरु बस्छन् । यता स्वर्गलाग छोडेर भड्कीरहेका देबताहरुले ब्रह्माजीको आज्ञानुसार त्वष्टा ऋषि एवं रचनाको पुत्र विश्वरुपमा देवगुरु बनाउँछन् । विश्वरुपको सहाराले पुनः स्वर्गलोक प्राप्तगरी आनन्दपूर्वक रहँदा भएका इन्द्रले एकदिन गुरु विश्वरुपको मावलीपक्ष दैत्यहरु प्रतिको प्रेम देखेर आवेशमा आएका इन्द्रले गुरु विश्वरुपको हत्या गरिदिन्छन् । यसरी ब्रह्महत्या गरेको पापको कारणले स्वर्गलोकमा बस्न अयोग्य हुन्छन् । तब ब्रह्माजीको आज्ञानुसार आफ्नो ब्रह्महत्यारुपि पापलाई चार भाग लगाई बाँड्ने निधो गर्छन् । यसरी इन्द्रको ब्रह्महत्यारुपि पाप एक भाग जलले लिन्छ , दोस्रो भाग पृथ्वीले, तेस्रो भाग वृक्षहरुले र चौथो भाग स्त्रीहरुले लिन्छन् ।
एक एक पापको लक्षण देखापर्ने र एक एक बरदान प्राप्त गर्ने सर्तानुसार लिएका त्यो पाप जलमा फिँजको रुपमा देखियो भने बरदान जेमा मिलायो त्यहि रुपमा देखिने भयो । दोस्रो पृथ्वीमा मरुभूमिको रुपमा पाप देखियो भने पृथ्वीमा भएका खाल्टाहरु कालान्तरमा आफै पुरिने बरदान मिल्यो । तेस्रो वृक्षमा चोपको रुपमा पाप र बरदानको रुपमा काटेपछि पुनः पलाउने भयो । यसरी पापको चौथो भाग लिएका स्त्रीहरुमा मासिक धर्मको रुपमा पाप देखियो भने सन्तान प्राप्तिको शक्ति बरदानको रुपमा प्राप्त भयो ।
रजस्वलाको समयमा किन बार्ने ?
सामान्यतया स्त्रीहरु रजस्वला भएको चार दिनसम्म पूजापाठ नगर्ने, खाना नबनाउने, पतिसंग संसर्गमा नरहने, अधिक परिश्रम नगर्ने र अलग्गै बस्ने भनेर हाम्रा पूराणहरुमा, स्मृतिहरुमा, उल्लेख गरको पाइन्छ । किन यस्तो भनियो ? यसको वैज्ञानिक कारण खोज्ने हो भने यसमा महिलाहरुको अपमान नभएर सम्मान एवं शारीरलाई आराम दिनको लागि यस्तो निर्दैश गरिएको रहेछ भन्नेकुरा पुष्टि हुन्छ ।
खासगरी रजस्वलाका समयमा महिलाहरुको अंगबाट अधिक रुपमा बिजातीय रक्तश्राव हुने र त्यसले महिलाहरुलाई शारीरिक रुपमा कमजोर बनाउने भएकाले पनि यो समयमा अलग्गै आराम गरी बस्न भनिएको हो । अर्को पतिसंग संगै रहँदा गर्भ रहन गए त्यस्तो बच्चा मानसिक रुपमा कमजोर , अपांग आदि हुने हुन सक्दछ । महिलाहरु घरको दैनिक कामहरुमा व्यस्त हने हुँदा महिनामा चार दिन मात्र भएपनि स्त्रीहरुलाई प्रकृतिले नै पूर्ण आराम गर्ने समय मिलोस भनेर शास्त्रहरुले निर्देश गरेको बुझ्न सकिन्छ ।
वर्तमान समयमा महिला अधिकारवादीद्वारा हाम्रो धर्म संस्कार प्रतिको नकारात्मक टिप्पणी पश्चिमाद्वारा चालिएको चाल हो । हाम्रो सनातन धर्ममा जस्तो महिला स्वतन्त्रता अन्य कुनै धर्ममा रहेको कुरा प्रस्टरुपमा देख्न पाइदैन । हाम्रा धर्मशास्त्र भनेको प्राचिन सम्यता कालको सम्बिधान हो तसर्थ जीवनलाई नियमित र सम्यमित बनाउनको लागि यस्ता धेरै नियमहरु बनाईको छ जो हेर्दा सामान्य लागे पनि समाजकल्याणकारक छन् । तसर्थ यसको नकारात्मक अर्थ लगाएर समाजको धार्मिक् एवं सामाजिक साँस्कृतिक भावनासंग खेल्नुभन्दा त्यसको वास्तविक एवं तार्किक अर्थ बुझौं र अनुसरण गरौं यसैमा हामी सबैको भलो हुन्छ ।

अस्तु