मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिलवर्टले कब्जा गर्यो १५ औं कालिका खुल्ला भलिवलको उपाधि

हिलवर्टले कब्जा गर्यो १५ औं कालिका खुल्ला भलिवलको उपाधि

अपि टाइम्स

कपिलवस्तु । १५ औं कालिका कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि हिलबर्ट इङ्गलीस बोर्डिङ्ग स्कुलले प्राप्त गर्न सफल भएको छ ।
कालिका क्लवले आयोजना गरेको १५ औं कालिका खुल्ला पुरुष भलिवल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै हिलवर्टले उपाधि जित्न सफल भएको हो ।
बाणगंगा १० धरमपुरमा सम्पन्न प्रतियोगितामा मणिमुकुन्द भलिवल क्लव (रातो) लाई हराउदै हिलबर्टले शानदार जित निकालेको हो ।
उपाधि जितेसंगै हिलबर्टले नगद रु ६१ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उपाधि जित्न सफल भएसंगै विद्यालका अध्यक्ष दिप खनाल र प्रबन्ध निर्देशक बुद्धि पौडेलले सम्पुर्ण खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् ।