मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरन्तर सक्रिय उद्योग व्यापार संघ कपिलवस्तु, रक्तदानबाट ३७ पोइन्ट रगत संकलन

निरन्तर सक्रिय उद्योग व्यापार संघ कपिलवस्तु, रक्तदानबाट ३७ पोइन्ट रगत संकलन

अपि टाइम्स

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले संविधान दिवस २०८० को अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । बढ्दै गइरहेको डेङ्गी रोग महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै महादान र जीवनदान भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरेको उद्योग व्यापार संघ कपिलवस्तुले जनाएको छ ।रक्तदानमा ३७ पोइन्ट रगत संकलन भएको छ ।

कार्यक्रमा उद्योग व्यापार संघका केन्द्रीय मंहासचिव खेमनारायण परजुलीले उद्योग व्यापार संघ कपिलवस्तुले स्थापनाको छोटो समयमा विभन्न सामाजिक रचनात्मक कार्यक्रम गर्दै आएको बताए । कोभिड माहामारी पछि सबै भन्दा धेरै मारमा व्यवसायिहरु रहेको भन्दै उहाँले पछिलो समय उद्योग व्यवसायिहरु कि गर कि मरको अवस्थामा आएकोे र यसको समाधानको लागि केन्द्रबाट पहल गर्ने उनले बताए ।

यस्तै कपिलवस्तु जिल्ला कर अधिकृत सुरेस बराईलीले देशको आर्थिक अवस्थालाई माथि उठाउन उद्योगि व्यवसायिहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तिनै तहका सरकारले व्यवसायिहरुलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

यता संघका अध्यक्ष खिमानन्द पौडेलले लामो त्याग तपस्या बलिदान र संघर्स पछि आएको संविधानलाई सबैले रक्षा गर्नुपर्ने बताए । उनले सामाजिक क्षेत्रमा काम गर्दै आएको ब्यापार संघले आगामि दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका थिए ।
संघका महासचिव बासुदेब खनाल, संघका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, नव प्रभात युवा क्लब ठाकुरापुरका अध्यक्ष मिलन चालिसे, संघका पदाधिकारी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

कार्यक्रमका संयोजक ज्ञानहरी न्यौपानेको अध्यक्षता, संघका महासचिव बासुदेव खनालको सञ्चालनमा भएको कार्यक्रममा रतmसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोग र नवं प्रभात युवा क्लव ठाकुरापुरको सहयोग थियो ।

स्थापना भएदेखि नै ब्यापार संघ ब्यापारीको हक हित र सामाजिक कार्यक्रमा निरन्तर सक्रिय छ । जिल्लामा कपिलवस्तु उद्योग वाणिज्य संघ ठुलो भए पनि पछिल्लो समय ब्यापार संगठनको सक्रियताले उसलाई ओझेलमा पार्न लागेको ब्यवसायी बताउँछन् ।