मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुबाहेक नेपालमै नेखेलिएको यो खेल फेरि वाणगंगामा, जित्नेलाई ५० हजार

कपिलवस्तुबाहेक नेपालमै नेखेलिएको यो खेल फेरि वाणगंगामा, जित्नेलाई ५० हजार

अपि टाइम्स

काठमाडौँ । गत बर्ष असोज १५ गते कपिलवस्तुमा नेपालमै अहिलेसम्म नभएको एउटा प्रतियोगिता सम्पन्न भयो । त्यो थियो ‘साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता-२०२२’। जुन पानीमाथि ट्रयाक बनाएर साइकलको माध्यमबाट खेल्ने गरिन्छ ।

नेपाल बाहिर पनि सिमिति देशहरुमा हुने प्रतियोगिता पहिलोपटक लायन्स क्लव अफ कपिलवस्तुले वाणगंगा नगरपालिकामा आयोजना गरेको थियो । आयोजकले कस्तो हुन्छ भनेर ट्यालको रुपमा प्रतियोगिताको पहिलो संस्करण गरेको थियो । तर प्रतियोगिताले यसरी धमाका मच्याइदियो स्थानीय, केन्द्रदेखि अन्र्तराष्ट्रिय जगत्सम्म खेलको चर्चा भयो ।

सामाजिक संजाल (फेसबुक, टिकटक, युटुभ) मा यो खेलका क्लिप्स भाइरहल नै भए । टिकटकमा जजसले यस प्रतियोगिताका सर्ट भिडिओ राखे ती मिलियन भ्यूअर्सको क्लवमा पुगे । कहाँसम्म भने टिकटकले अनुमति मागेर आफ्नो बढी रुचाइएको भिडिओको सुचिमा यस खेलका विजेता शुशान्त थापाको भिडिओ पनि समावेश गर्यो । केन्द्रसम्मका मिडियामा यस खेलको हेडलाइन बन्यो । प्रतियोगिताकै कारण क्लवले डिष्ट्रिकमा सर्वोत्कृष्ट क्लवको उपाधि पायो ।

सर्वसाधारण र साइकलप्रेमीले यस खेललाई बढी रुचाए । त्यहि चर्चा र सर्वसाधारणको मायाका कारण यस बर्ष पनि क्लवले प्रतियोगिताको दोश्रो संस्करण गर्ने भएको छ ।

क्लवले शुक्रबार पत्रकार सम्मेलन गरी दशैँ, तिहार र छठ पर्वको अवसर पारी असोज २७ गते प्रतियोगिता गर्ने जनाएको हो । पहिले भएकै स्थान वाणगंगा नगरपालिका वडा नम्बर ३ मा रहेको राजापानी सामुदायिक वनको पोखरीमै खेल हुने छ । वाणगंगा नगरपालिका र समग्र कपिलवस्तुको पर्यटन प्रवद्धन गर्ने प्रतियोगिताको लक्ष्य छ ।

गत बर्ष एक हप्ताको छोटो तयारीमा प्रतियोगिता संचालन गरिएकाले यसपटक अझै नयाँ पन दिने गरी तयारी गरिएको आयोजक लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओमप्रकाश घिमिरेको भनाई छ । प्रतियोगिताको संयोजक र सदस्य पनि तोकिइसकिएको अध्यक्ष घिमिरेले बताए । अध्यक्ष घिमिरेले भने, ‘गत बर्षको प्रतियोगितालाई सफल बनाउन खेल संयोजक विष्णु घिमिरेले ठुलो भूमिका खेल्नुभएको थियो । यसपटक पनि क्लवले उहाँलाई नै संयोजक तोकेको छ । साथमा हामी लियो र लायन्सका पदाधिकारी सदस्य पनि छौँ । प्रतियोगितालाई जतिसक्दो राम्रो बनाउने तयारी छ ।’

संयोजकको जिम्मेवारी पाएका घिमिरेले यसपटक खेललाई अझै रोमाञ्चक बनाउने प्रयासस्वरुप तयारी सुरु भइसकेको अपि टाइम्सलाई बताए । यसपटक सहभागिको संख्या पनि बढि हुने र ट्याकमा पनि केहि नयाँपन दिनेगरी काम सुरु भएको संयोजक घिमिरेको भनाई छ ।

घिमिरे भन्छन् ‘गत बर्ष छोटो समयको तयारी थियो । प्रचारप्रसार पनि तयति थिएन । धेरैलाई खेलबारे थाहा नै थिएन । हामीले पनि धेरै कुराहरु सिक्यौँ । अब हामी नयाँ छैनौँ । यसपटक अझै बढी प्रचारप्रसार गरी धेरैलाई सहभागि गराउने गरी तयारी गरेका छौँ । ट्याक पनि अलिकति चेञ्ज हुनेछ ।’

संयोजक घिमिरेका अनुसार यसपटक विदेशबाट पनि सहभागि गराउने गरी तयारी छ । उनले थपे ‘नेपालका बिभिन्न स्थानबाट साइकल राइडर र इच्छुक त आइहाल्नुहुन्छ नै भारतबाट पनि केहि साइकबल राइडरलाई सहभागि गराउने प्रयास भइरहेको छ । हेरौँ अन्तिमसम्म कति सफल हुन्छौँ ।’

खेलमा भाग लिनको लागि क्लवले अनलाइन आवेदन खुलाईसकेको छ । सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएकाले ढुक्क भएर प्रतियोगितामा सहभागि हुन क्लवले अपिल गरेको छ । भाग लिनेको सुरक्षाको लागि नेपाल प्रहरी, जनपथ र सशस्त्र प्रहरीले नै सुरक्षा प्रदान गर्नेछन् । प्राथमिक उपचारदेखि एम्बुलेन्सको समेत व्यवस्था गरिएको संयोजक घिमिरेले बताए ।

प्रतियोगितामा विजयी हुनेले नगद पचास हजार तथा द्धितीयले २५, तृतीयले प्रन्ध र सान्त्वना हुनेले गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने संयोजक विष्णु घिमिरेले बताएका छन् । प्रतियोगितामा विजयी हुनेले नगद पचास हजार र द्धितीय हुनेले पच्चिस, तृतीय हुनेले प्रन्ध र सान्त्वना स्थान हासिल गर्नेले आकर्षक उपहार पाउने बताइएको छ ।