मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीको मदानेमा पहिलोपटक महिला डोरी तान र भजन प्रतियोगिता हुँदै

गुल्मीको मदानेमा पहिलोपटक महिला डोरी तान र भजन प्रतियोगिता हुँदै

अपि टाइम्स

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा पहिलोपटक महिला डोरी तान र भजन प्रतियोगिता हुने भएको छ ।

वार्ड नम्बर २ बाझकटेरीस्थित मदाने युवा क्लवले चौधौं वार्षिकोत्सव मनाउने क्रममा यहि कार्तिक ९ देखि ११ गतेसम्म हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रममा पहिलोपटक यी नयाँ प्रतियोगिता गर्न लागेको हो ।

शुक्रबार वैठक बसेर यसपटक अग्रज बुबाआमा र महिलादिदीबहिनीलाई लक्षित गरी महिला डोरी तान र भजन प्रतियोगिता थप्ने निर्णय गरिएको क्लबका अध्यक्ष जय प्रकाश भुसालले जानकारी दिए । यी प्रतियोगितासंगै भलिबल र फुटसल प्रतियोगिता पनि राखिएको अध्यक्ष भुसालको भनाई छ ।

गाउँपालिकामा अहिलेसम्म यसखाले प्रतियोगिता नभएकाले महिला डोरी तान र भजन प्रतियोगिता निकै रोमाञ्चक हुने अपेक्षा गरिएको क्लवका उपाध्यक्ष तथा खेल संयोजक शिशिर भुसाल बताउँछन् ।

उनले भने, ‘हामीले स्थापनादेखि अहिलेसम्म बिभिन्न सामाजिक, मानवीय र खेलहरु गरिरहेका छौँ । यसपटक केहि नयाँ गर्ने सोँच अनुसार भजन र डोरीतान थप्यौँ । यी कार्यक्रमले कलासंस्कृति जगेर्नासंगै महिलादिदीबहिनीलाई उत्साहित बनाउने छ । पुरस्कार पनि आकर्षक राखिएको छ । उत्साहजनक तवरबाट भाग लिन अनुरोध गर्दछु ।’

क्लवका सचिव वीक्रम घर्ती ‘मगर’ले प्रतियोगितालाई सफल बनाउन कसिसएर लागेको बताए । देशविदेशमा रहेका मदानेका आमाबुबादाजुभाइलाई पालिकाकै ऐतिहासिक कार्यक्रमरहेकाले सक्दो सहयोग गर्न घर्तीले आग्रह गरे ।

कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन तथा प्रचारप्रसार गरिरहेको पूर्व अध्यक्ष दान बहादुर घर्तीले बताए । संकलन भएको पैसाले रमाइलोका साथ केहि सामाजिक र मानवीय कार्य गर्ने उनी बताउँछन् ।

विकास, अनुशासन, गतिशीलता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ युवाहरूलाई एक गराई सामाजिक र मानवीय कार्यमा लगाउन क्लवले विगतका बर्षदेखि नै भूमिका खेलिरहेको पदाधिकारी बताउँछन् ।