मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानको सचिवमा पारसको जित सुनिश्चित

क्यानको सचिवमा पारसको जित सुनिश्चित

अपि टाइम्स

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी छ ।

अध्यक्षसहित ३ पदाधिकारी र ३ केन्द्रीय सदस्य सर्वसम्मत हुँदा एक सचिव र १० केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो ।

अहिलेसम्म ६० मतको गणना सकिँदा सचिवमा पारस खड्का जिततर्फ लम्किएका छन् । उनले ३७ मत ल्याउँदा प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लको २३ मत छ ।

२५ भोट गन्न बाँकी हुँदा पारस १३ मतले अगाडि छन् ।