मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाकी यी महिलाः करिब करोड उठाएर फरार, विदेश भाग्ने गोप्य सुचना

वाणगंगाकी यी महिलाः करिब करोड उठाएर फरार, विदेश भाग्ने गोप्य सुचना

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाकी एक महिलाले करिब एक करोड रुपैयाँ उठाएर फरार भएकी छन् । वडा नं ४ मा फेन्सी पसल संचालन गरेकी रोमा घिमिरे नाम गरेकी महिलाले स्थानीय व्यवसायी, सर्वसाधारण र आफन्तसंग करिब १ करोड रुपैयाँ लिएर फरार भएकी हुन् ।

उनले गजेहडामा केसी फेन्सी सञ्चालन गर्दै आएकी पीडितहरुले बताएका छन् । लामो प्रयास गर्दा पनि पैसा असुल गर्न नसकेपछि पीडितहरु सम्पर्कमा आउन थालेका छन् । मिडियासंग सम्पर्कमा आएकाहरुले आफू कहाँबाट लगेको हिसाब नै बताएका छन् । ठगिनेमा अधिकांस महिला छन् ।

तीमध्ये नेत्र कुमारी खत्रीको १९ लाख, फेन्सी पसल राखिएको घरबेटी बिष्णु कुवंरको १५ लाख, चन्द्र भण्डारीको ८ लाख, बुलु मल्लको ९ लाख, माया खत्रीको ६ लाख, पबित्रा गिरीको ६ लाख, उमेश रसाईलीको ५० हजार, लक्ष्मी भण्डारीको १ लाख ५० हजार, माया खत्रीको ५ लाख, यमकला कुवंरको १ लाख, मसिना कुवंरको ३ लाख, ईश्वर कुवंरको ३ लाख, डिल बहादुर कुवंरको ४ लाख, बसन्ती नेपालीको २ लाख, लिला रानाको १ लाख ५० हजार, सुन्तली नेपालीको १ लाख ५० हजार, उजेली कुवंरको १ लाख ५० हजार रुपैयाँ संकलन गरेर ती महिला अहिले सम्पर्कमा छैनिन् । यी पीडितको जम्मा रकम जोड्दा ८८ लाख हुन आउँछ ।

सापटी लिएकाहरुलाई ती ठग महिलाले पटक पटक चेक दिने गरे पनि खाता खाली रहेको पीडितहरु बताउँछन् । यसको प्रमाण लुम्बिनी विकास बैंकमा रहेको पीडितहरुले बताएका छन् ।

पहिले सम्पर्क भए पनि अहिले भने सम्पर्क हुन छाडेकाले आवश्यक खोजि गरिदिन प्रहरीलाई समेत आग्रह गरेका छन् । अब प्रहरीकहाँ गएर उजुरी दिने तयारीमा रहेको उनीहरु बताउँछन् ।

पछिल्लो समय सम्पर्कविहिन भएकी उनी रुपन्देही, अर्घाखाँची, भारत लुक्ने गरेको खुल्न आएको छ । पिडितहरुका अनुसार ती महिला विदेश जाने सुरमा रहेकी छन् । उनी विदेश लुक्न जाने भन्ने सुचनाको आधारमा उनलाई भाग्नबाट रोक्नको लागि मिडियामा आउनु परेको पीडितहरु बताउँछन् । ती महिलाले अरु धेरैको पैसा ठगेको हुन सक्ने पीडितहरु बताउँछन् ।यस खबरलाई स्थानीय लुम्बिनी दर्पण अनलाइनले पनि लेखेको छ ।