हाङजाउ । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन गरेका हुन् ।
कमलको फूल आकारको रङ्गशालामा भएको उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री प्रचण्ड लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।
चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया ९ओसिएका० कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।
१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ ।
कोभिड– १९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ । एसियाका लागि चीनको पूर्वी दक्षिण शहर हान्झाउमा आयोजना भएको १९औं एसियाडको नारा हार्ट टु हार्ट अर्थात मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । एसियाडका लागि हान्झाउ शहर मज्जाले सिंगारिएको छ । हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन् ।
चीनले आयोजना गरेको यो तेस्रो एसियाली खेलकुद हो । यो भन्दा अगाडि बेइजिङमा तथा क्वाङ्चौमा एसियाली खेलकुद आयोजना भएको थियो ।
प्रतिक्रिया