काठमाण्डौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा डन प्रवृत्तिका वडा अध्यक्षहरु हावी हुदा नगर नै बदनाम हुन थालेको छ । यसरी नगर बनदाम गराउनमा विगतमा विवादित छवि बनाएर पैसाको आडमा चुनाव जितेका पात्र छन् ।
वाणगंगाको नगर कार्यपालिकामा पनि तिनै ब्यक्तिको रजगज छ । उनैको वरिपरि मेयर चक्र अर्याल घुम्ने गर्दछन् । नगरका योजना निर्माणदेखि बजेट बनाउन तिनै विवादित पात्र हवी हुँदा त्यति विकासले फड्को मार्न सकेको छैन । यति मात्रै होइन नगरका नगर प्रमुख र उपप्रमुखलाई समेत उनैहरुले घुमाउन सफल भएको बताइन्छ । जसका कारण नगर प्रमुख अर्याल पनि दिनप्रतिदिन विवादित र बदनाम बन्दै छन् ।
जग्गा दलाल, ठेक्का पट्टामा घुस र कमिसन खाने, नदी दोहन गर्ने, आर्थिक अनुशासनमा नरहेका, काठ तस्कर गर्ने, कारोबार विगारेर बदनाम बनी समाजमा नकारात्मक छाप छोडेका ब्यक्तिले गत २०७८ साल वैशाखमा भएको स्थानीय चुनावमा वडा अध्यक्ष पड्काए ।
समाजमा खासै राम्रो छाप नबनाएका तिनै ब्यक्तिले चुनाव जितेपछि अब केहि हुने भएन भनेर धेरैले आशा गरेका थिए भने कतिपयले उनीहरु सुध्रिएर केहि गर्न सक्छन् कि भन्ने आशा पनि गरे । चुनाव भएर २ बर्ष कार्यकाल सकिन लाग्दा ती वडा अध्यक्षले राम्रो काम गर्न त सकेका छैनन् छैनन् नगरलाई थप बदनाम बनाउने खालका हर्कत गर्न थालेका छन् । गर्दागर्दा वडा अध्यक्षले नगरकै नदी समेत बेच्न पछि परेका छैनन् ।
विवादित छवि बनाएर चुनाव जित्नेमा वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु शारु, वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मी, वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका भुसाल, वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डन छन् ।
यिनैहरु मध्येबाट नगर बदनाम हुन थालेको छ । कहाँसम्म भने नगरकै जग्गालाई खेत भनी जालसाझी गरेर बेच्न थालिएको छ । यसरी नदी बेच्ने तिनै डन प्रवृत्तिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण डण्डन हुन् । नगरको नदी नै बेचेको समाचार बाहिरिएपछि उनी अहिले सर्वाधिक चर्चामा छन् ।
उनले नगरको समपत्ति बाणगंगा नदी खेत भनेर बिक्री गरेको खुलेको छ । वडा नम्बर ६ को कोपवामा सिँचाईका लागि निर्माण भएको बाणगंगा ड्याम छ । ड्याम नजिकै छ गिटि बालुवाको थुर्पो । सदियौ देखी बग्दै आएको नदी भए पनि त्यहा करिव १० विगाहा जग्गा व्याक्तीको नाममा रहेको छ । लालपुर्जा भए पनि सो क्षेत्र स्थानीयले रेखदेश गर्दै संरक्षण गर्दै आएका थिए । तस्करहरुले सो जग्गा खरिद गरी उत्खनन् गर्ने उद्देश्यले पटक पटककिन बेचको लागि कोसिस गरे । तर स्थानीयले चालपाएपछि वेच बिखन रोकिएको थियो ।
दशकौँदेखि रोकिएको बाणगंगा नदी बग्दै आएको जग्गा २ महिना अगाडी उनै टण्डनले सुटुक्क बिक्री गरेको खुलेको छ । साविक कोपवा गाविस ६ क कित्ता नं. १३१३ को जग्गा २०८० साल जेष्ठ ४ गते विक्री गरिएको पाइएको हो ।
बाणगंगा नगरपालिका वडा नं. ६ अमौली निवासी जोखन थारुको नाममा रहको १० कठ्ठा १३ धुर जग्गा विक्री भएको हो। वर्षौदेखि बगिरहेको बाणगंगा नदीको जग्गालाई वडा अध्यक्ष करुण टन्डनले जेठ ३ गते चलानी नम्बर १५४३ मा उक्क्त जग्गालाई कृषि क्षेत्र भनि प्रमाणीत गरि भुमी सुधार तथा मालपोत कार्यालय तौलिहवामा सिफरासी दिएका छन ।
उक्त जग्गा श्रेष्तामा व्यत्तिको नाममा देखिएता पनि परापूर्व कालदेखि नै नदी बगिरहेको छ। विगतदेखि नै विभिन्न प्रलोभन देखाएर उक्त जग्गा विक्रिका लागि अथक प्रयास भएता पनि विगतका जनप्रतिनिधि,कर्मचारीले उक्त जग्गाको सिफरिस नदी नपर्ने भएकाले सिफारिस दिन रोक लगाएका थिए।
बगिरहेको खोलाको जग्गाको मुल्य १६ लाख कायम गरी जेठ ४ गते जिल्ला मालपोत कार्यालयवाट वुटवल उपमहानगरपालिका १० वस्ने प्रायुस्मा थापाको नाममा उक्त जग्गा विक्री गरेको राजिनामा पत्रमा स्पष्ट देखिन्छ । उता घटना बाहिर आए पछि समाचार रोक्न धेरै फोन मार्फत धेरै दवाव आएको स्थानिय पत्रकार बताउछन् । यस्तै उनले अरु योजनामा पनि भ्रष्टाचार गरेको आरोप छ ।
अर्का डन प्रवृत्तिका वडा अध्यक्ष हुन् वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मी । नाम छवि भए पनि उनको समाजमा राम्रो छवि भने रहेको देखिँदैन । हिजो उनी ठेकेदार, जग्गा दलालको नामले चिनिन्थे । जग्गा ब्यापारबाट माथि उठेका उनी जग्गा ब्यापार ठप्प भएपछि कारोबार मिलाउन नसकेर बदनाम भएका पात्रका रुपमा स्थानीय स्तरमा चिनिन्छन् ।
अझै पनि उनलाई त्यस क्षेत्रमा धेरैले विश्वास गर्दैनन् । फर्निचर उद्योग चलाएका उनलाई पनि काठ किनबेच गर्ने ब्यक्ति भनेर चिन्छन् । रेश्मीले वडामा यहाँनेर नै बदमासी भनेर प्रमाण त छैन । तर उनले वडा नम्बर ४ को चार नम्बरदेखि गजेहडातिर करिब १ किलोमिटर दक्षिणमा जडान गरेको लाइट र हरियालीको नाममा रोपेका विरुवामा धेरैले शंका गरेका छन् । लाइट जडान जे भए पनि विरुवाले उनलाई बदनाम गराएको छ ।
हरियाली प्रवद्धनको नाममा उनले रोपेका विरुवा अहले सुकेर डाँठ भएका छन् । उसो त पोलभन्दा पनि ठुलो विरुवा रोपेर वडा अध्यक्षले लोक हँसाएको भनेर पनि उनीमाथि आरोप आयो । यी विरुवा रोपेको नाममा पैसाको चलखेल भएको आरोप पनि स्थानीयको छ । कतिपयले त नर्सरीबाट महंगोमा विरुवा किनेको बिल देखाएर जंगलबाट विरुवा रोपेको आरोप पनि लगाउने गरेका छन् । चुनावको बेला आफ्नो गीत नै बनाएर चटक गरेका रेश्मीले पनि जनभावना अनुसार काम गर्न नसकेको अर्को आरोप छ ।
अर्कातर्फ रेश्मी कार्यालय छोडेर धेरै नीजि काममा हिँड्ने गरेको आरोप पनि छ । वडा सदस्यलाई कार्यवाहक अध्यक्ष सुम्पेर उनी आफ्नो काममा हिँड्ने गर्दछन् एक सदस्यले भने धेरै हाम्रा कागजमा वडा सदस्यको साइन गर्नुपरेको छ ।
यस्तै डन प्रवृत्तिका अर्का वडा अध्यक्ष हुन् वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु शारु । तलब नलिने भनेर वाहवाही कमाएका वडा अध्यक्ष संजु आजभोलि आफ्नो पुरानो गतिमा फर्कन थालेको जनगुनासो छ । उनी हिजो डन प्रवृत्तिका थिए । उनी खोलाको अवैध् दोहन गर्ने पात्रका रुपमा चिनिन्थे । थर्काउने, लड्ने भीँड्ने कार्य गर्ने पात्रका रुपमा उनको परिचय थियो ।
उनले अहिले त्यो परिचय लुकाएर वडाबासीसंग सरल त बन्ने गरेका छन् तर पछिल्ला गतिविधिले भने उनलाई शंकाको घेरामा तान्न थालेको छ । उनले यस्तो बदमासी गरे भनेर सबुत त आएको छैन तर बिभिन्न योजनामा उनी कमिसन खाने र भ्रष्टाचार गर्ने दिशामा लाग्न थाले भनेर आजभोलि गुनासो आउँछ । उनको सबैभन्दा बढी हिमचिम छवि रेश्मीसंग छ । दुवैजना मिलेर बिभिन्न योजनामा कमिसनको योजना बनाउने गरेको सर्वसाधारणको आरोप छ ।
डन प्रवृत्तिका अर्का वडा अध्यक्षको रुपमा वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको पनि नाम आउँछ । तर उनी यसरी बदनाम छैनन् । गिरी विवादमा नआउने वडा अध्यक्ष होइनन् तथापि वडाबासीमाझ उनी लोकप्रिय छन् । वडामा केहि ब्यक्तिले जग्गा मिचेर नीजि संरचना बनाए पनि उनले ध्यान दिन नसकेको भनेर आजभोलि आलोचना आउन थालेको छ ।
नगरमा दोश्रो पटक दोहोरी पटक जित हासिल गरेका वडा अध्यक्ष हुन् विष्णु पौडेल। उनी नगरप्रवक्ता हुन् । उनलाई डन पाराको भनेर त चिनिदैन तर बढी पिउने काममा सक्रिय रहने वडा अध्यक्षको रुपमा चिन्न थालिएको छ । त्यहि कारण स्थानीयले उनको नाम नै बदलिदिएका छन् ।
उनले केहि योजनामा बदमासी गरेको प्रमाण यदाकदा सुनिने गरेको भए पनि सामुदायिक वनसंग मिलेर काठको काम गर्ने गरेको आरोप छ । नगरप्रवक्ता पौडेल पार्टीको सिमित घेराका ब्यक्तिको पछाडी लागेर बिग्रन थालेको वडाबासी बताउँछन् ।
यस्तै डन प्रवृत्तिका अर्का वडा अध्यक्ष हुन् वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल । भुसाल पनि ठेक्कापट्टा गर्ने ब्यक्ति नै हुन् । उनको इट्टाभट्टा पनि छ । तर रेश्मी, टण्डन, सारु जस्तो बदनाम छैनन् । तथापि उनले पनि त्यति काम गर्न नसकेको भनेर गुनासो आउँछ ।
वाणगंगाका केहि बुद्धिजिवी अहिले नगरको कार्यपालिका टुहुरोजस्तो भएको बताउँछन् । नगरका योजना र छलफल हुने महत्वपूर्ण विषयमा बौद्धिक छलफल हुन छोड्यो, यसपटक जनप्रतिनिधि पनि यस्तै खाले हुनुहुन्छ । पहिलेजसरी छलफल गर्ने बौद्धिक जगत् छैन ।
एक जनाले भने हिजो जनप्रतिनिधिका रुपमा सोमनाथ अर्याल, गुणनिधि भुसाल, जस्ता बौद्धिक ब्यक्ति थिए । उनीहरुका पालामा कमसेकम नगरविकासका बारेमा बौद्धिक छलफल त हुन्थ्यो । तर अहिले त सबै ठेकेदारको रजगज छ । के को नगरविकास हुनु ?
नगरमा मेयर चक्र अर्याल पनि त्यहि प्रवृत्तिका भएपछि खराब तत्व हावी भएको बुज्रकहरु बताउँछन् । मेयर अर्यालले वडा अध्यक्षहरुलाई अधिनमा ल्याउन र खराब काममा अंकुश लगाउन नसकेपछि जनप्रतिनिधिमा मनपरीतन्त्र मौलाएको बुद्धिजिवीको भनाई छ ।
प्रतिक्रिया