मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्ट्रेलियालाई पराजित गर्दै भारतले एक खेल अगावै जित्यो सिरिज

अष्ट्रेलियालाई पराजित गर्दै भारतले एक खेल अगावै जित्यो सिरिज

अपि टाइम्स

एजेन्सी । एकदिवसिय अन्तराष्ट्रिय ‘ओडिआई’ विश्व वरियतामा शीर्ष स्थानमा रहेको भारतले ३ खेलको ओडिआई सिरिजअन्तर्गत दोस्रो खेलमा पनि अष्ट्रेलियालाई पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ ।

आसन्न एकदिवसिय विश्वकपको तयारीका रुपमा खेलिएको सिरिजमा विश्व वरियताको तेस्रो स्थानमा रहेको अष्ट्रेलियामाथि डिएलएस पद्दतिमार्फत ९९ रनको विशाल जित निकाल्दै भारतले एक खेल अगावै सिरिज जितेको हो ।

यसअघि पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो ।

भारतको मध्य प्रदेशस्थित होल्कर रंगशालामा भएको खेल केहि बेर वर्षाले प्रभावित भएपछि खेललाई डिएलएस पद्दतिमार्फत ३३ ओभरमा झारिएको थियो ।

जसअनुसार अष्ट्रेलियाले ४०० रनको सट्टा ३१७ रनको नयाँ विजयी लक्ष्य पायो ।

नयाँ लक्ष्यका साथ मैदान उत्रिएको अष्ट्रेलिया २८।२ ओभरमा अलआउट हुँदा मात्र २१७ रनमा समेतियो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेल्दा सिन एब्बोटले ३६ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेले ।

यता, मार्नुस लाबुसचाङ्नेले ३१ बल खेल्दै ४ चौका प्रहार गरेर २७ रन जोड्दै पेविलियन फर्किदा जोश हाज्लेउडले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २३ रन जोड्दै आउट भए ।

त्यस्तै, क्यामरन ग्रिनले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोड्नेक्रममा रनआउट हुँदा विकेटकिपर एलेक्स क्यारेले १२ बलमा २ चौका प्रहार गर्दै १४ रन बनाएर पेविलियन फर्किए ।

यता, ओपनर ब्याट्सम्यान म्याट शोर्ट ९, जोश इंग्लिस ६, एडम जाम्पा ५ रनमा आउट हुँदा कप्तान स्टिभ स्मिथ शुन्य रनमा पेविलियन फर्किए ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ७ रन जोड्यो । अष्ट्रेलियालाई सस्तैमा समेत्न भारतका लागि रविचन्द्रन आश्विनले ७ ओभर बलिङ गर्दै ४१ रन दिएर ३ विकेट लिँदा रविन्द्र जडेजाले ५।२ ओभर बलिङ गर्दै ४२ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, प्रसिद्ध कृष्णले ६ ओभर बलिङ गर्दै ५६ रन खर्चिएर २ विकेट लिँदा मोहम्मद शामीले ६ ओभर बलिण् गर्दै ३९ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोली भारतले निर्र्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३९९ रनको विशाल योगफल तयार गर्यो ।

भारतका लागि सुभम् गिल र श्रेयस लेयरले शानदार शतकिय पारी खेल्दा कप्तान केएल राहुल र सुर्यकुमार यादवले अर्धशतकिय पारी खेले ।

ओपनर ब्याट्सम्यान सुभम् गिलले ९७ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै १०४ रन जोड्दा श्रेयस लेयरले ९० बल खेल्नेक्रममा ११ चौका र ३ छक्का प्रहार गर्दै १०५ रन बनाए ।

त्यस्तै, सुर्यकुमार यादवले ३७ बलमा विष्पोठक ब्याटिङ गर्दै ६ चौका र ६ छक्का प्रहार गर्दै ७२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा कप्तान तथा विकेटकिपर केएल राहुलले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको अर्धशकिय पारी खेले ।

यता, इशान किसनले १८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा रविन्द्र जडेजाले ९ बलमा १ चौका मद्दतमा १३ रन जोड्दै अविजित रहे ।

रुटुराज गाइकवाद ८ रनमा आउट भए । भारतले अतिरिक्त रुपमा १४ रन जोड्यो ।

भ्रमणकारी टोली अष्ट्रेलियाका लागि क्यामरन ग्रिनले १० ओभर बलिङ गर्नेक्रममा १०३ रन खर्चिएर २ विकेट लिँदा जोश हाज्लेउड, सिन एब्बोट र एडम जाम्पाले समान १–१ विकेट लिए ।