मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्यानल बनाएर चुनाव लड्नेको उम्मेदवारी खारेज हुने ओलीको चेतावनी

प्यानल बनाएर चुनाव लड्नेको उम्मेदवारी खारेज हुने ओलीको चेतावनी

अपि टाइम्स

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बागमती प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लडेको भेटिए नेतृत्वले कारबाही गर्ने चेतावनी दिएका छन्।

काठमाडौंमा आजदेखि सुरू भएको एमालेको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्यानल बनाएर चुनाव लडेको भेटिए उम्मेदवारी नै खारेज हुनसक्ने चेतावनी दिएका हुन्।

उनले चुनावमात्रै लोकतन्त्रको अभ्यास नभई मिल्नुपनि लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए। तर कसैले चुनाव लड्छु भनेको खण्डमा एमालेमा चुनाव लड्न पाउने व्यवस्था रहेको उनले बताए।

‘चुनाव लड्नुस्, लड्न दिनुस्। स्वस्थ प्रतिस्पर्धा गर्नुस्। प्यानल बनाएर बनाइएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुन सक्छ,’ उनले भने। अध्यक्षमण्डललाई त्यो अधिकार राखेर काम गर्न पनि ओलीले आग्रह गरे।

उनले चुनाव भइसकेपछि हार जितलाई सहर्ष स्वीकार गर्न सक्नुपर्ने पनि बताए।

‘प्यानलाइज गर्ने दुइ फ्याकमा बाँढ्ने यो खालमा अभ्यासहरू कसैले नगरून्। स्वस्थ प्रतिस्पर्धा गर्नुस् हार जितलाई स्वीकार्नुस्। भोलि पल्टबाट मेरो पक्षमा भोट हालेको मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनिति गर्न विभेद गर्न पाइँदैन। यो कुरालाई ध्यानमा राख्नुस्,’ उनले भने ।