मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा महासमिति बैठकको तयारी, बने चार वटा समिति

कांग्रेसमा महासमिति बैठकको तयारी, बने चार वटा समिति

अपि टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसले मंसिरमा हुने महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारीअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय सोमबारको केन्द्रीय समिति बैठकले गरेको छ।

साथै उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठनको निर्णय भएको छ।

महामन्त्री गगन थापाको नेतृत्वमा संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको उनको भनाइ छ।

‘आवश्यकताअनुसार सभापतिले अन्य समिति पनि गठन गर्नुहुन्छ,’ उनले भने।