मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा खुल्यो न्यू गुराँस ट्रेड लिंङ्क, सहुलियतमा विद्यूतीय सवारी

वाणगंगामा खुल्यो न्यू गुराँस ट्रेड लिंङ्क, सहुलियतमा विद्यूतीय सवारी

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा नगरपालिकामा न्यू गुराँस ट्रेड लिंङ्क खुलेको छ । होल सेल र थोकमा इलेक्ट्रिक सवारी (स्कुटर, साइकल) पार्टस् विक्रिवितरण गर्ने उद्धेश्यले न्यू गुराँस ट्रेड लिंङ्क खुलेको हो । बाणगंगाका ७ जना युवा व्यवसायीको संयुक्त लगानीमा संचालनमा आएको ट्रेड लिंङ्कको सोमबार उद्घाटन गरिएको थियो ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले शोरुमको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा सहभागि भएका उद्योगी नेताले ट्रेड लिंङ्कले सर्वसाधारणलाई सहुलियतमा विद्युतीय सवारी साधन उपलब्ध गराउने विश्वास गरे । उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष घिमिरेल बढ्दो वैदेशिक पलायनलाई रोक्ने लगानीकर्ता प्रेरणाको स्रोत भएको बताए । व्यवसाय संचालन गर्न आफू र संस्थाले सहयोग गर्ने बताउँदै प्रसंसा गरे ।

उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले यस ट्रेड लिङ्कले व्यवसायसंगै रोजगार सिर्जनामा योगदान दिन लगानीकर्तालाई अनुरोध गरे । आर्थिक मन्दीको समयमा पनि व्यवसायमा लगानी गर्न हिम्मत गरेको भन्दै उनले व्यवसायीको प्रसंसा गरे । नगरमा औद्योगिक ग्राम स्थापना गर्न नसक्ने हो भने समस्या सिर्जना हुने भन्दै यसतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै चेम्बर अफ कमर्स कपिलवस्तुकी अध्यक्ष धनकुमारी अधिकारीले वर्तमान सरकार युवा, रोजगार र व्यवसाय प्रति अत्यन्तै सङ्कुचित हुँदा पनि कपिलवस्तुमा नै यति ठुलो लगानि गरेको भन्दै व्यवसायीक सफलताको शुभकामना दिईन् ।
लायन्स क्लब अफ कपिलवस्तुका निवर्तमान अध्यक्ष राम सुभाग्गे थारूले विद्युतीय सवारी साधनको महत्वको बारेमा प्रस्ट पार्दै यस्तो समय सान्दर्भिक व्यवसाय सफल हुने बताए । आफूले विगत देखि नै विद्युतीय सवारीलाई विशेष महत्वमा राखेको भन्दै जिल्लामा यसको सम्भावना प्रशस्त रहेको बताए । सवा करोडभन्दा बढिको लगानीमा सुरु गरिएको व्यवसायमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

विश्वभरि इन्धनको अभाव भैरहेको समयमा विद्युतको प्रयोगलाई बढाउन र वातावरणको संरक्षण गर्ने उद्देश्यले व्यवसाय संचालन गरेको प्रमुख संचालक व्यवसायी विष्णु घिमिरेले बताए ।

उनले सहुलियतमा विद्यूतीय सवारी उपलब्ध गराउने आफूहरुको योजना रहेको बताए । कम्पनीबाट सिधै सवारी आउने भएकाले अन्य स्थानबाटभन्दा आफूहरुकहाँबाट सवारी खरिद गर्दा सस्तो हुने उनको प्रष्टिकरण छ । ट्रेड लिंकका प्रबन्धक सन्तोष गैरेले सबैबाट सहयोग हुनेमा विश्वास गरे ।

स्वागत मन्तव्य राख्दै सञ्चालक विष्णु प्रसाद गैरेले विश्व बजारमा विद्यूतीय सवारीको माग बढेकाले कपिलवस्तुमा पनि यसको प्रयोग बढाउने बताए । उद्घाटनको अवसरमा केहि दिन छुट र आकर्षक उपहार राखिएकोले मौकाको फाइदा उठाउन संचालकको आग्रह छ । कार्यक्रममा व्यवसायी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, लगायतको उपस्थिति रहेको कार्यक्रमको थियो ।