मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोड्दा मार्छ कि भन्ने डरले नेलमा राख्दा कष्टमा टंक, उपचारमा रकम अभाव

छोड्दा मार्छ कि भन्ने डरले नेलमा राख्दा कष्टमा टंक, उपचारमा रकम अभाव

अपि टाइम्स

वाणगंगा । ४ वर्षअघि ठेडुल्कोबाट उद्धार गरी उपचार पाएका टंक न्यौपाने पुनः पहिलेकै अवस्थामा पुगेका छन् । कपिलवस्तुको वाणगंगा ६ सुठौली निवासी ३४ वर्षिय टंकलाई मानसिक सन्तुलन गुमाएको भन्दै हाल एकहप्तादेखि ठेडुल्कोमा राखिएको छ । २०७६ सालमा उनलाई मानसिक सन्तुलन गुमाएको भन्दै परिवारले नै दुईवटा खुट्टा हिड्न र चल्न नसक्ने गरी ठेडुल्कोमा बाँधेर राखेका थिए । उक्त समाचार स्थानीय संचार माध्यमबाट प्रकाशित भएपछी भक्तपुर स्थित मानव कल्याण आश्रममा पु¥याई औषधी उपचार गरिएको थियो । आश्रममा उनको करिव ८ महिनाको बसाईमा उपचार र संरक्षण पाएपछी सुधार भएर उनी घर फर्किएका थिए ।

त्यहाँबाट घर फर्किएका टंकले घरमा पुरानै लयमा काममा सघाउने, २र४ पैसा जोहो गरी घरखर्च चलाउन सक्ने, घरको काममा सघाउने समेत गरेका थिए । सोही अवधीमा भारत कामको शिलशिलामा पुगेका टंकले केही पैसा कमाएर घर समेत ल्याएका थिए । तर हाल औषधी उपचार नपाएर पुनः मानसिक सन्तुलन गुमाएपछी आफ्नै बाबुलाई चिर्पट प्रहार गरे र घाईते बनाए । त्यसपछि परिवारले नै छिमेकीको सहयोगमा उनलाई ठेडुल्कोमा बाँधेर राखेका हुन् ।

गरिवीका कारण घर परिवारसंग आर्थिक अभाव भएपछि नियमित उपचार पाउन नसेकेका टंकले कष्टकर जीवन विताएका छन् । छोराले बाबु आमालाई नै हिर्काएर घाइते बनाएपछि गाउँघरमा अन्यलाई समेत कुटपिट गर्ने डरले ठेडुल्कोमा बाँधेर राख्नुपरेको स्थानीय बताउछन् । काठको मुडोमा २ ठाँउमा फलाम ठोकेर त्यसैभित्र खुट्टामा नेल ठोकी बलियो गरि बाँधिएको छ । त्यसैमा उनले कष्टकर जीवन विताईरहेका छन् । बर्खर जन्म दिएको बच्चालाई भन्दा बढि स्याहार सुसार गर्नुपर्ने बाध्यता आएको उनकी आमा बताउछिन् । टंकलाई खाना बनाएर दिनेदेखि दिसा पिसाव सवै गराउनुपर्ने स्थिती छ ।

छोराको अवस्थाले विक्षिप्त बनेकी उनकी आमा सहयोगको याचना गर्दै हिडेकि छन् । विगतमा भत्तपुर लगेर उपचार गरेपछि ठिक भएको बताउदै पुनःभक्तपुर सम्म पु¥याउन सहयोग माग्दै स्थानीय सरकारको ढोका चहार्दै हिडेकी छन् । कहिले वडामा त कहिले गाउँघरमा सहयोग माग्दै हिडेकी छु, हामीले हेर्ने कोही छैन, आमाले दुखोसो पोखिन् ।

टंकका बुवा छोराले कतिवेला जाईलाग्ने हो भन्ने डरले केही दिन देखि आफन्तको घरमा आश्रय लिईरहेका छन् । आमा भने छोराको उपचारका लागि विभिन्न निकायसंग हार गुहार गर्दै सहयोगका याचना गरेकी छन् ।

आश्रमकी अध्यक्ष सुमि मावनले आफुहरुलाई टंकको अवस्था थाहा भएको तर आश्रममै आए आफुहरुले सम्पुर्ण पालन पोषण सहित उपचार र संरक्षण गर्ने बताइन् । तर आर्थिक अवस्था कमजोर हुँदा परिवार संग काठमाण्डौ पुग्ने रकम छैन । सार्वजनिक बसमा लैजाने अवस्था छैन ।

यस अघि कपिलवस्तु जेसीजको एम्बुलेन्सको सहयोगमा काठमाण्डौ पु¥याईएको थियो । हाल उक्त एम्बुलेन्स पनी केही खराबी आएका कारण काठमाण्डौ पुग्न नसक्ने अवस्थामा रहेको जेसीजका अध्यक्ष अमृत घिमिरेले बताए । एम्बुलेन्स मर्मत सम्भार पछि काठमाण्डौं पुराएर सहयोग गरिदिने घिमिरेले बताए ।
छोराको मानसिक असन्तुलनका कारण न्यौपानेको घरपरिवारमा जटिल समस्या परेपछि मानवीय हिसावले सवैले साथ दिनुपर्ने सरोकारवाला बताउछन् ।

वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले नगरपालिकामा सहयोग लागि निवेदन दिन भनेको र निवेदन आउनासाथ तत्काल आफुले उपचारको लागि सहयोगको व्यवस्था मिलाउने बताए ।