मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री दाहाल आज मानसरोवर जाँदै

प्रधानमन्त्री दाहाल आज मानसरोवर जाँदै

अपि टाइम्स

काठमाडौँ। गत शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । हिजो उनी तिब्बतको ल्हासा पुगेका थिए ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।

कैलाश पर्वत र मानसरोवरको यात्राका क्रममा भ्रमण दलमा रहेका सदस्यहरू पनि सँगै रहने छन् ।

प्रधानमन्त्री दाहालले हिजो ल्हासामा विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गरेका थिए ।