मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अल्पायुमै अस्ताए डाक्टर बराल, नगरको गहना गुमाएकोमा सबै दुखी !

अल्पायुमै अस्ताए डाक्टर बराल, नगरको गहना गुमाएकोमा सबै दुखी !

अपि टाइम्स

काठमाण्डौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा शैक्षिक, बौद्धिक र सामाजिक व्यक्तिको परिचय बनाएका डाक्टर रोमनाथ बरालको निधन भएको छ ।

बुधबार राति मोटरसाइकल दुर्घटनामा परी बरालको ४५ बर्षको उमेरमा निधन भएको हो । पूर्वबाट पश्चिम तिर आँउदै गर्दा रोकी राखेको टिप्पर सँग ठक्कर खाएर बरालको मृत्यु भएको हो । बुधवार राति करिब १० बजेको समयमा सालझण्डी देखि आफ्नो घर पिपरा फर्कने क्रममा दुर्घटना भएको थियो । 

दुर्घटनामा घाईते भएका उनलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल लगिएको र अस्पतालले जिल्ला अस्पताल तौलिहवा पठाए पनि उनको भने श्वास गइसकेको बताइएको छ ।

बराल त्यस क्षेत्रमा शैक्षिक, बौद्धिक र सामाजिक ब्यक्तिका रुपमा चिनिन्थे । बराल वडा नम्बर २ पिपरास्थित जनता नमुना माविमा विज्ञान विषयका संयोजक थिए भने बिभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध थिए ।

मुलुकमा केहि गर्नुपर्छ भनेर अमेरिकाको बसाई त्यागेर जन्मभूमि आएका उनले करिब ६ वर्षदेखि जनता माविमा अध्यापन गराउँदै आएका विद्यालयले जनाएको छ ।

बरालको अल्पआयुमा भएको निधनले नगरले एक जना गहना गहना गुमाएको भन्दै सामाजिक संजालमार्फत् दुख व्यक्त गरेका छन् । जनतामाविका प्राचार्य रमेश पन्थीले बरालको निधनले विद्यालयमा अपुरणीय क्षति पुगेको बताए । बरालजस्ता शिक्षक अब विद्यालयले सायदै पाउने भन्दै पन्थीले गहिरो दुख ब्यक्त गरेका छन् ।

डाक्टर बराल निकै सरल, सहज, सहयोगी प्रवृत्तिका थिए । धेरै पढेलेखेका भए पनि उनमा कहिल्यै घमण्ड रहेको धेरैले बताउँछन् । बरालको विद्वताको कारण राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशको संयोजक पनि तोकेको थियो ।

पार्टीले पनि पार्टीका गहना गुमाउनु परेको जनाउँदै दुख ब्यक्त गरेको छ ।