मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रजात्राः राष्ट्रपतिसहित भिआइपीहरु हिँडेरै पुगे वसन्तपुर

इन्द्रजात्राः राष्ट्रपतिसहित भिआइपीहरु हिँडेरै पुगे वसन्तपुर

अपि टाइम्स

काठमाडौँ । राष्ट्रपति पौडेलसहित भिभिआइपीहरू न्युरोडबाटै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका छन्।

जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर गएका छन्।

‘विश्व सम्पदा संरक्षणको सन्देश दिन राष्ट्रपतिज्यू हिँडेरै बसन्तपुर पुग्नुभएको हो,’ राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका हुन्।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।