मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग वाणिज्य संघले गर्यो वाणगंगाका हाकिम मरासिनीलाइ स्वागत

कपिलवस्तु उद्योग वाणिज्य संघले गर्यो वाणगंगाका हाकिम मरासिनीलाइ स्वागत

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा बाणगङ्गा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीलाई स्वागत गरिएको छ । आज संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै नवनियुक्त अधिकृत मरासिनीले नगरको समग्र विकासको लागि एकल व्यक्तिले केहि गर्न नसक्ने भएकाले नगरका कर्मचारी र यहाँका संघ संस्था सबै पक्ष मिलेर सहकार्य गर्नुपर्ने बताएका छन् । बाणगंगाका समस्यालाई अहिले आफुले गहिरिएर अध्यन गरिरहेको भन्दै ति समस्या समाधान गर्न उद्योग वाणिज्य संघ जस्तो गैरराजनैतिक संस्थाको महत्वपुर्ण योगदान रहने बताए ।

त्यस्तै संघका अध्यक्ष डोलकराम घिमिरेले विगतदेखि नै नगर र संघले सहकार्य गर्दै आइरहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नगर र नगरवासीको पक्षमा काम गर्न आफुहरु बाट सधै सहयोग पुग्ने भएकाले ढुक्क भएर काम गर्न समेत उनको आग्रह छ ।

संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले विगतको नगर र उद्योग वाणिज्य संघको सहकार्यलाई अवगत गराउँदै अबका दिनमा अझ बलियो सम्बन्ध बन्नेमा विश्वास व्यक्त गरे । नगरको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया, लागुऔसध दुव्र्यसनी लगायतका समस्यालाई समाधान गर्न मरासिनीले विशेष कदम चाल्नेुपर्ने आवश्यकता रहेको बताए ।

संघका पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने, निवर्तमान बरिस्ठ उपाध्यक्ष रुक बहादुर भुसाल संघका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने महासचिव मनोज पौडेलले गरेका थिए ।