मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्ञानपुञ्ज बोर्डिङको अध्यक्षमा व्यवसायी पौडेल सर्वसम्मत

ज्ञानपुञ्ज बोर्डिङको अध्यक्षमा व्यवसायी पौडेल सर्वसम्मत

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलको संचालक समितिको अध्यक्षमा नारायण पौडेल चयन भएका छन् ।

जिल्लामा सफल व्यवसायीको छवि बनाएका पौडेललाई शुक्रबार सम्पन्न २५ औं साधारणसभा तथा छैठौं अधिबेशनले

अध्यक्षमा चयन गरेको हो । अधिबेशनले शंकर पाण्डे , रोमकान्त घिमिरे, चिरञ्जीवी पन्त , बिष्णु प्रसाद घिमिरे, जुनुमनी पाण्डेलाई सदस्यमा चयन गरेको छ भने लेखा समिति संयोजकमा लेखनाथ पौडेल चयन भएका छन् । यस्तै लेखा समिती सदस्य पदमा बाबुराम घिमिरे , गोबिन्द पोखरेल चयन भएका छन् ।

अध्यक्षमा चयन भएका पौडेलले आफ्नो कार्यकालमा विद्यालयमा शैक्षणिक गुणस्तर कायम गर्न वातावरण मिलाउने बताए ।
विद्यालयलाई भौतिक रुपमा थप बलियो बनाउँदै जिल्लाको अग्रस्थानमा ल्याउन प्रयास गर्ने उनको दावी छ ।

सरल र विद्यालयप्रति निकै चासो राख्ने प्रवृत्तिका पौडेललाई अध्यक्षको रुपमा पाउँदा खुसी लागेको बताउँदै प्रिन्सिपल सुरेन्द्र पाण्डेले खुसी ब्यक्त गरे । उनले पौडेलको नेतृत्वले विद्यालयमा थप गति र उर्जा भरिने विश्वास गर्दै सफलताको कामना गरेका छन् ।

ज्ञानपुञ्ज जिल्लाको अग्रस्थानमा आउने विद्यालयको रुपमा चिनिन्छ । विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने आइएसए मान्यता पनि पाएको छ ।